Skip to main content

3. पाठ्यक्रम विकास (Curriculum Development)

3.1 Elements of Curriculum

            पाठ्यक्रम तयार गर्दा प्रयोग गरिएका विभिन्न तत्त्वहरूलाई नै पाठ्यक्रम का तत्त्वहरू भनिन्छ। सामान्यतया कुनै पनि किसिमको पाठ्यक्रममा उद्देश्य, विषयवस्तु, शिक्षण विधि र  मूल्यांकन जस्ता चारवटा तत्त्वहरूको उपस्थिति रहन्छ। तथापि सबै प्रकारका पाठ्यक्रम यी तत्त्वहरूलाई समान ढङ्गले प्राथमिकता दिदैन । यसको अर्थ, एउटा विषय को पाठ्यक्रम विषयवस्तुलाई बढी प्राथमिकता दिएको हुन सक्छ भने अर्को विषयको पाठ्यक्रमले विषयवस्तुलाई भन्दा शिक्षण विधिलाई बढी महत्त्व दिएको हुन सक्छ। प्रिन्ट (Print) ले समग्र पाठ्यक्रम फरक र अन्तर्सम्बन्धित अंशहरूलाई नै पाठ्यक्रमका तत्त्वहरू रूपमा उल्लेख गरेका छन् । जसअन्तर्गत उद्देश्य, विषयवस्तु, सिकाइ अनुभव र मूल्याङ्कनजस्ता चारवटा तत्त्वहरू समावेश हुन्छन् । यसरी विषय केन्द्रित, सिकारु केन्द्रित र समस्या केन्द्रित कुनै पनि किसिमको पाठ्यक्रमका उद्देश्य, विषयवस्तु, सिलाई अनुभव र मूल्याङ्कन जस्ता चारवटा तत्त्वहरूको संलग्नता रहन्छ। त्यसैले सबै प्रकारका पाठ्यक्रममा रहने यस किसिमका तत्त्वहरूलाई नै पाठ्यक्रमका तत्वहरुको रूपमा लिइन्छ
            पाठ्यक्रमक विविध तत्त्वहरूको जानकारीले पाठ्यक्रम निर्माताहरूलाई व्यावहारिक खालको पाठ्यक्रम योजना तयार गर्नको लागि मद्दत गर्छ । यी तत्त्वहरूमध्ये कुनै एउटाको वारेमा जानकारी नहुँदा उचित किसिमको पाठ्यक्रम निर्माण गर्न सकिदैन किनकि पाठ्यक्रमका यी विविध तत्त्वहरूको विचमा घनिष्ट सम्बन्ध रहन्छ । यसै कुरालाई सङ्केत गर्दै गील्स् (Giles) भन्छन्, "यी चारवटा तत्त्वहरूले एकअर्कांसँग अन्तत्क्रिया गर्छन, एउटा तत्त्वमा गर्न लागिएको निर्णय अन्य तत्त्वहरूमा गरिएको निर्णयमा निर्भर रहन्छ।" यसरी पाठ्यक्रममा मुख्यतया चारवटा तत्त्वहरूको उपस्थिति रहन्छ र ती प्रत्येक तत्त्वहरूले पाठ्यक्रम विकास प्रक्रियाका एक एक वटा चरणलाई प्रतिनिधित्व गर्छन् । पाठ्यक्रमका यो विविध तत्वहरू आफैंमा अन्तर्सम्बन्धित र अन्तरनिर्भर रहन्छन् । यसै कुरालाई समर्थन गर्दै निकोल्स र निकोल्स पनि उद्देश्य, विषयवस्तु र शिक्षण विधि का वास्तविक सम्बन्धविना अपेक्षित सिकाइले स्थान लिँदैन भन्ने तर्क पेश गरेका छन् । यसरी पाठ्यक्रमलाई पूर्णता दिनको लागि प्रत्येक तत्त्वले सहयोग पुन्याउँछन् । यस्ता प्रत्येक तत्त्वहरूले पाठ्यक्रम विकासका एक एक चरणलाई प्रतिनिधित्व गर्छन् । तैपनि उद्देश्यको निर्धारणलाई पाठ्यक्रम विकासको महत्त्वपूर्ण चरणको रूपमा लिइन्छ किनकि यस पछाडिका चरणमा गरिने निर्णयको लागि उद्देश्यले स्पष्ट मार्गदर्शन प्रदान गर्दछ । यसर्थ कुनै पनि किसिमको पाठ्यक्रममा रहने यस्ता तत्त्वहरू का संक्षिप्त परिचय निम्नानुसार दिइएको छ :

3.1.1 उद्देश्य (Objective)

      उद्देश्यलाई पाठ्यक्रमका अन्य त्त्वहरूको तुलनामा बढी महत्त्वपूर्ण मानिन्छ किनकि पहिलो चरणमा निर्धारण गरिएको उद्देश्यहरूको आधारमा नै पाठ्यक्रमका अन्य तत्त्वहरू बारेमा निर्णय गरिन्छ । साथसाथै पाठ्यक्रममा छनोट गरिएका विषयवस्तु, सिकाइ अनुभव र मूल्यांकन साधन एवं तरिकाहरूले पनि पहिलो चरणमा निर्धारण गरेका उद्देश्य प्राप्त गर्नको लागि सधाउ पुन्याउँछन् यही कारणले गर्दा पाठ्यक्रमका उद्देश्य निर्धारण गर्ने समयमा कुनै त्रुटि भयो भने विषयवस्तु, सिकाइ अनुभव र मूल्याङ्कनका बारेमा निर्णय गर्दा पनि त्रुटि हुन्छ । तसर्थ पाठ्यक्रममा उचित किसिमका उद्देश्य निर्माण गर्नका लागि पाठ्यक्रम कार्यान्वयन हुने सन्दर्भका आवश्यकता र समस्याहरूको निदान गर्नुपर्छ । यसका लागि सिकारु, समकालीन समाज र विषयविज्ञजस्ता स्रोतहरुको गहन विश्लेषण गरी वास्तविकताका प्रतिनिधित्व गर्ने कालका उद्देश्य निर्माण गर्नुपर्छ
      शिक्षाविद्हरूले उद्देश्यलाई साधारण र विशिष्ट गरी दुई भागमा विभाजन गरेका छन् साधारण उद्देश्यहरू सामान्य स्वरूपको, स्पष्ट मापन गर्न नसकिने र लामो समयपछि मात्र प्राप्त गर्न सकिने हुन्छन् । यस्ता उद्देश्यहरू सिकारु, समाज र ज्ञानको स्वरूपजस्ता स्रोतहरूलाई गहन रूपमा विश्लेषण गरी निर्धारण गरिन्छ । विशेषतः शिक्षाका राष्ट्रिय उद्देश्य, तहगत उद्देश्य, कक्षागत उद्देश्य र विषयगत उद्देश्यहरूलाई साधारण उद्देश्य के रूपमा लिन सकिन्छ। त्यसैगरी विशिष्ट उद्देश्यहरू सरल, स्पष्ट, मापन गर्न सकिने र छोटो समयमा प्राप्त गर्न सकिने हुन्छन् । यस्ता उद्देश्यहरू निर्धारण गर्दा साधारण उद्देश्य हरूलाई नै प्रमुख आधार बनाइन्छ । तसर्थ विशिष्ट उद्देश्यहरू प्राप्त भइसकेपछि मात्र साधारण उद्देश्यहरू प्राप्त हुन्छ । उदाहरणको लागि शिक्षकले आफ्नो पाठयोजनामा समावेश गरेका अथवा कनै पिरियडको अन्त्यमा प्राप्त गरिने उद्देश्यहरूलाई विशिष्ट उद्देश्यहरुको रूपमा लिइन्छ

3.1.2 विषयवस्तु (Content)

            पाठ्यक्रमको दोस्रो महत्त्वपूर्ण तत्त्व विषयवस्तु हो । पाठ्यक्रममा निर्धारण गरिएका उद्देश्यहरू प्राप्त गर्न विषयवस्तुको आवश्यकता पर्ने भएकाले यसलाई पाठ्यक्रमको अर्को तत्त्वको रूपमा लिइएको हो । विशेषतः उद्देश्यले अपेक्षा गरेबमोजिमको व्यवहार निर्माण गर्नको लागि विभिन्न विषय क्षेत्रबाट छनोट गरी सङ्गठन गरिएका ज्ञान, सिप र मूल्यहरूको एकीकृत संयोजनलाई नै विषयवस्तु भनिन्छ । यस्ता विषयवस्तुअन्तर्गत तथ्य, अवधारणा, विचार, सामान्यीकरण, सिद्धान्त र सिपमूलक क्रियाकलापहरु सँगै विभिन्न मूल्यगत कुराहरूलाई पनि संगठन गरिएको हुन्छ । त्यस कारण विभिन्न शिक्षण विधिहरुको प्रयोग मार्फत यस्ता विषयवस्तु अध्यापन गराइसकेपछि विद्यार्थीहरूमा आशा गरिएको व्यवहार विकास गर्न सकिन्छ भन्ने मान्यता राखिएको हुन्छ । सामान्यतया उद्देश्यको बारेमा निर्णय गरिसकेपछि पाठ्यक्रम विकासको दोस्रो चरणमा ती उद्देश्य प्राप्त गर्न सघाउ पुयाउने विषयवस्तुको छनोट गर्नुपर्छ । यसरी छनोट गरिएका विषयवस्तुले विशेषतः सिकारुले जान्नुपर्ने ज्ञान, सिक्नुपर्ने सिप र अनुशरण गर्नुपर्ने मूल्यहरूलाई प्रतिनिधित्व गरेका हुन्छन् । यस्ता विषयवस्तु छनोट गर्दा वैधताको आधार, महत्त्वको आधार, सिक्नसक्ने क्षमताको आधार, रुचिको आधार, उपयोगिताको आधार, र सामाजिक वास्तविकताको आधारजस्ता कुराहरूलाई उपयोग गर्नुपर्छ । यस्ता सिद्धान्तहरूको प्रयोग गरी विषयवस्तु छनोट गर्न सकेका खण्डमा यी विषयवस्तुले सिकारुमा अपेक्षा गरिएको व्यवहार निर्माण गर्न सक्छन् । जसको फलस्वरूप पाठ्यक्रम का निर्धारण गरिएका उद्देश्यहरू प्राप्त हुन्छन् । हाइमन (Hymen) का अनुसार विषयवस्तुअन्तर्गत तल उल्लिखित कुराहरू समावेश हुन्छन् :
ज्ञान (Knowledge): ज्ञान अंतर्गत शब्द, तथ्य, सामान्यीकरण र सिद्धान्त जस्ता कुराहरू समावेश हुन्छन्
• सिप (Skill): सिपअन्तर्गत योग्यता, दक्षता व क्षमता कस्ता कुराहरु पर्दछन्
मूल्य (Value): मूल्य अंतर्गत ठिक बेठिक, फसल खराब, राम्रो नराम्रो, उचित अनुचित छुट्याउने कुराहरू पर्दछन्

3.1.3 सिकाइ अनुभव (Learning Experience)

      सिकाइ अनुभवलाई पाठ्यक्रमको अर्को महत्त्वपूर्ण तत्त्वको रूपमा लिइन्छ । विशेषतः सिकाइ अनुभवले सिकारु र वातावरण के बाह्य अवस्थाबिचको अन्तरक्रियालाई सूचित गर्दछ जसमा सिकारूले प्रतिक्रिया जनाउँछ । सिकाइ अनुभव न त पाठ्यक्रममा समावेश गरिएको विधयवस्तुसँग सम्बन्धित शिक्षकले सम्मादन गर्ने क्रियाकलापसँग नै सम्बन्धित छ । सामान्य अर्थमा सिका अनुभवहरू विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्ने क्रियाकलापहरू हुन् जसलाई उद्देश्यहरू प्राप्त गर्नका लागि विद्यार्थीहरुलाई पर्याप्त सिकाइका अवसरहरु प्रदान गर्छ। योजना गरिएको पाठ्यक्रममा लेखन गरिएको हुन सक्छ र यी क्रियाकलापहरूले निर्धा । छनोट गर्न महत्वपूर्ण अधार प्रदान गर्दछन् । यस सन्दर्भमा पहिलो चरणमा निर्धारण गरेका शैक्षिक उद्देश्यहरूले सिकाइ अनुभवहरु उचित किसिमका सिकाइ अनुभवहरुको अभावमा पाठ्यक्रममा संगठन गरिएको विषयवस्तुहरु विद्यार्थीहरूको खिचमा प्रभावकारी ढङ्गले हस्तांतरण गर्न सकिदैन । जसको फलस्वरूप पाठ्य्रममा निर्धारण गरेका उद्देश्यहरू पनि प्राप्त हुँदैनन् । यसको अर्थ, उचि किसिमका सिलाई अनुभवहरुको अभावमा न त तोकिएका विषयवस्तु विद्यालय विषयवस्तु विद्यार्थीहरुलाई सीन सकान, न त शिक्षकले नै सही ढङ्गले सिकाउन सक्छ । त्यसकारण पाठ्यक्रम निर्मा समयमा पाठ्यक्रम निर्माताहरूले त्यस किसिमका सिकाइ अनुभवहरू छनोट गर्नुपर्छ सिकारुलाई पाकाक्रममा समावेश गरिएका विषयवस्तु सिक्नको लागि सक्रीय सहभागी गराई निर्धारण गरिएका उद्देश्य प्राप्त गर्नको लागि सहयोग पुर्याउने सकुन । यसका लागि सिकाइ अनुभवहरूको छनोट गर्दा पाठ्यक्रमका उद्देश्य, विषयवस्तुको स्वरूप विद्यार्थीहरूको क्षमता, दैनिक जीवन की आवश्यकता र शैक्षिक सामग्रीको उपलब्धता जस्त कुराहरूलाई ध्यान दिनुपर्छ । यसका अलावा, सिकाइ अनुभवहरूको छनोट गर्दा विद्यार्थीहरुको संलग्नता उनीहरू सँग छलफल गरी उनीहरूमा अपेक्षा गरेका व्यवहारहरूको विकास गर्ने किसिमका सिकाइ अनुभवहरू छनोट गर्नु पर्छ
3.1.4 मूल्यांकन (Evaluation)
      मूल्यांकन पाठ्यक्रमकन्तिम तत्त्व हो । सामान्यतया, पाठ्यक्रमका निर्धारण गरिएका उद्देश्यहरू विद्यार्थीहरूले के कति मात्रामा प्राप्त गरे सो कुराको लेखाजोखा गरी उपयोग गरिने प्रक्रियालाई नै मुल्याङ्कन भनिन्छ । यसरी मूल्याङ्कनले आशाति उपलब्धिहरू प्राप्त भए नभएको लेखाजोखा गर्दै पाठ्यक्रम लगायत सम्पूर्ण शिक्षण शिका प्रक्रियाको प्रभावकारिता आकलन गर्न सघाउ पुन्याउँछ । यसका अलावा मूल्यांकन पाठ्यक्रममा निर्धारण गरिएका उद्देश्यहरू व्यावहारिक र प्राप्त गर्न सकिने छन् अथवा छैनन् विद्यार्थीहरुलाई विभिन्न किसिमका ज्ञान, सिप र मूल्यगत कुराहरू सिकाउन छनौट गरिएक विषयवस्तु वैध, महत्त्वपूर्ण, जीवनोपयोगी र रुचिकर छन् अथवा छैनन् ? पाठ्यक्रममा गरिएका सिकाइ अनुभव मार्फत तोकिएको विषयवस्तु विद्यार्थीहरुको विचमा हस्तान्तरम सकिन्छ अथवा सकिँदैन? विद्यार्थीहरूको व्यवहारका लेखा जोखा गर्न निर्माण गरिएको मूल्यांकन साधनहरु माफत सही रिकाले उनीहरूको व्यवहारको आकलन गर्न सकिना अथवा सकिदैन? आदि प्रश्नहरूको बारेमा जानकारी प्रदान गर्न मूल्याडकनले महत्त्वपुर्ण भूमिका निर्वाह गर्दछ । यसरी मूल्याङ्कनको अभावमा न त आशातित उपलब्धि प्राप्त भए अथवा भएनन् थाहा पाउन सकिन्छ न त पाठ्यक्रमक प्रत्येक तत्व आआफ्नो ठाँउबाट उचित तवरले काम गर्न सकेका छन् अथवा छैनन् सो कुरा नै पत्ता लगाउन सकिन्छ । त्यसकारण मूल्यांकनलाई पाठ्यक्रमको अर्को महत्त्वपूर्ण तत्त्व मानिन्छ पाठ्यक्रमका सबल र दुर्वल पक्षहरूको लेखाजोखा गर्नुका साथै मूल्यांकन शिक्षक, विद्यार्थी र सम्पूर्ण शैक्षिक कार्यक्रम कै फाइदा र बेफाइदाका बारेमा पनि जानकारी गराउँछ पाठ्यक्रम कार्यान्वयन गरिसकेपछि शिक्षकहरूले विद्यार्थीहरूको व्यवहार परिवर्तन गराउन सके अथवा सकेनन् । शिक्षकले सञ्चालन गरेका कार्यक्रम का सवल पक्षहरू के के देखिए, दर्बल पक्षहरू के के रहे, सिकाइको क्रममा विद्यार्थीहरूमा देखिएका राम्रा कुराहरू के हुन् र उनीहरूका कुन कुन व्यवहारमा सुधार गर्न आवश्यक छ आदि कुराहरूको गहन रूपमा लेखाजोखा गरी शिक्षक र विद्यार्थी की कमी कमजोरी सुधारका लागि मूल्यांकन आवश्यक पृष्ठपोषण प्रदान गर्दछ । सँगसँगै सञ्चालन गरिएका शैक्षिक कार्यक्रम की प्रभावकारिता लेखाजोखा गरी यसको वारेमा उचित निर्णय लिन पनि मूल्याङ्कनले सहयोग गर्दछ । यी विविध कारणले गर्दा मूल्याङ्कनलाई पनि पाठ्यक्रमको अर्को महत्त्वपूर्ण त्त्व मानिन्छ

Comments

Post a Comment

Popular posts from this blog

Taxonomy of Educational Objectives

शैक्षिक उद्देश्य को वर्गीकरण ले  सिकाइ सरलदेखि जटिल क्रममा अगाडि बढ्छ भन्ने मान्यता राख्दै विद्वान्हरूले ज्ञानका प्रत्येक क्षेत्रमा (संज्ञानात्मक, भावनात्मक र मनोक्रियात्मक) विभिन्न तहहरूलाई सरलदेखि जटिल क्रममा   प्रस्तुत गरेका छन् । यी विविध क्षेत्रहरूले सिकाइको थालनी कहाँबाट हुन्छ ? कुन क्रममा अगाडि बढ्छ ? र कहाँ गएर चिन्तन प्रक्रिया टुङ्गिन्छ ? भन्ने कुरालाई अत्यन्त सरल रूपमा प्रष्टाउने काम गरेका छन् । सिकाइलाई क्रमबद्ध बनाउँदै पाठ्यक्रमले आशा गरेका सिकाइ उपलब्धिहरूलाई ठिक समयमा प्राप्त गर्नका लागि पाठ्यक्रम निर्माताहरूले शैक्षिक उद्देश्यको वर्गीकरणलाई प्रयोगमा ल्याउनुपर्छ । उद्देश्यपूर्ण सिकाइका लागि पाठ्यक्रम विकास गर्दा र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा सरोकारवाला व्यक्तिहरूले यी उद्देश्यहरूको उचित ढङ्गले प्रयोग गर्नुपर्छ । यसका लागि उनीहरूलाई शैक्षिक उद्देश्यको वर्गीकरणका बारेमा स्पष्ट ज्ञान हुनुपर्छ । यही प्रयोजनका लागि उद्देश्यहरूका वर्गीकरण लाई निम्नानुसार प्रष्ट पारिएको छ : (i) Cognitive Domain (संज्ञानात्मक क्षेत्र)...

2.2 Implications of Behaviorist, Cognitive and Constructive theory in Curriculum Development

सिकाइ सिद्धान्तहरुले पाठ्यक्रमको विकासमा उच्च मात्रमा प्रभाव पार्दछन् । सिकाइ सिद्धान्तले विशेषत॥ सिकाइ के हो ? सिकाइ कसरी हुन्छ ? सिकाइमा के कस्ता तत्त्वहरुले प्रभाव पार्दछन् ? सिकाइलाई सुनिश्चित गर्न पाठ्यक्रमलाई कसरी सङ्गठन गर्नुपर्छ ? परिवार र विद्यालयको संस्कृतिले सिकाइमा के कस्तो प्रभाव पार्दछ? सिकाइमा उत्प्रेरणाको भूमिका कस्तो रहन्छ ? पुनर्वलले सिकारुमा अपेक्षित व्यवहार निर्माण गर्न के कस्तो सघाउ पुर्याउँछ ? आदि प्रश्नहरुको जवाफ खोज्दै सिकारुको लागि एउटा सान्दर्भिक पाठ्यक्रम निर्माण गर्ने आधार प्रदान गर्दछन् । यसरी सिकाइ सिद्धान्तले पाठ्यक्रम विकासमा मात्र सहयोग नगरी पाठ्यक्रम निर्माण पश्चात प्रभावकारी रुपमा कार्यन्वयन गर्न पनि मद्दत गर्दछ । यी विविध कारणहरुले गर्दा सिकाइका सिद्धान्तले पठ्यक्रमको निर्माणमा महत्वपुर्ण प्रभाव पार्दछन् । 2.2.1   Influences of Behaviorist Learning Theory व्यवहारवादी सिकाइ सिद्धान्तले मानिसलाई विशिष्ट उद्दीपक (Stimuli) हरु प्रति जनाएका प्रतिक्रिया ( Responses )हरुको संयोजनको रुपमा व्याख्या गर्दछ । सिकारुले उसको वातातरणसँग अन्तरक्रिया ग्दा...