पहिलो चरणमा निदान गरेका आवश्यकताहरूले
विशिष्ट र व्यावहारिक खालका उद्देश्यहरूको निर्धारण गर्नमा सघाउ पाउँछन् ।
त्यसैगरी आवश्यकताको पहिचान गरी निर्धारण गरिएका उद्देश्यहरूले महत्त्वपूर्ण र वैध
विषयवस्तु छनोट गर्न मद्दत गर्छन् । त्यसकारण पाठ्यक्रममा विषयवस्तु छनोट गर्दा निर्धारण गरिएका उद्दश्यहरू प्राप्त
गरी अपेक्षित व्यवहारको निर्माण गराउनको लागि वैध, महत्वपूर्ण र सिकारुल सिक्न सक्ने
किसिमका विषयवस्तु छनोट गर्नु पर्दछ ।
वैध र महत्त्वपूर्ण विषयवस्तुको अभावमा सिकारुमा अपेक्षा गरिएको व्यवहार निर्माण
हुन नसक्ने र निर्धारण गरि उद्देश्यहरू पनि प्राप्त गर्न नसकिने भएकाले विषयवस्तु
छनोट गर्दा पाठ्यक्रम निर्माता बुद्धिमत्तापूर्ण ढङ्गले आफ्नो उत्तरदायित्व बहन
गर्नु पर्दछ पाठ्यक्रमका उचित किसिमका विषयवस्तु छनोट गर्न पाठ्यक्रम
निर्माताहरूले संख्या उल्लिखित आधारहरुलाई अनुसरण गर्नु पर्छ :
1. Criterion
of validity (वैधताको आधार):
पाठ्यक्रममा समावेश गरिएको विषयवस्तु
आधिकारिक (authentic) र सत्य (true) छ भने त्यस विषयवस्तुलाई
वैध मानिन्छ
। यसका अतिरिक्त छनोट गरिएको विषयवस्तुले दोस्रो चरणमा निर्धारण गरिएका उद्देश्यहरू
प्राप्त गर्न मद्दत गर्दछ भने त्यस्तो विषयवस्तुलाई पनि वैध मानिन्छ ।
2. Criterion
of significance (महत्त्वको
आधार):
छनोट गरिएको विषयवस्तु
अर्थपूर्ण, महत्त्वपूर्ण र तथ्यपूर्ण छ भने त्यस्तो विषयवस्तुलाई महत्त्वपूर्ण (significant) विषयवस्तुको रूपमा लिइन्छ । त्यसैगरी
विषयवस्तु छनोट गर्दा तथ्यगत कुराहरूलाई
मात्र स्थान नदिई यस्ता तथ्यहरू प्रयोग हुने विचार, धारणा, सामान्यीकरण र सिद्धान्तहरूलाई पनि स्थान दिनु
पर्दछ । यसका अतिरिक्त छनोट गरिएका विषयवस्तुको
चौडाइ र गहिराइका बिचमा सन्तुलन कायम गर्न सकेको खण्डमा त्यस्तो विषयवस्तुलाई महत्वपूर्ण
विषयवस्तुको रूपमा लिइन्छ ।
3. Criterion
of interest
(रुचिको आधार): विषयवस्तु छनोट गर्दा विद्यार्थीहरूका रुचिलाई ध्यान दिनु पर्दछ । छनोट गरिएको विषयवस्तु रुचिकर
भएमा उक्त विषयक सिक्नका
लागि विद्यार्थीहरू अत्यन्तै उत्प्रेरक हुन्छ । त्यसकारण विद्याथीहरूका आवश्यकता र क्षमता जस्ता कुरा हरु
लाई ध्यान दिई विषयवस्तु छनोट गन सकेको खण्डमा
उक्त विषयवस्तु बढी रुचिकर हुन्छ।
4. Criterion
of learnability (सिक्न सक्ने क्षमताको आधार):
पाठ्यक्रममा समावेश गरिएका विषयवस्तु
विद्यार्थीहरुलाई सिक्न सक्ने खालको हुनु पर्दछ । पाठ्यक्रम अन्तर्गत छनोट
गरिएका विषयवस्तु सिकारुको सिक्नसक्ने क्षमताको परिधिभित्रका छन् भने उक्त विषयवस्तु उनीहरूले सहज ढङ्गले
सिक्छन् । परिणाम स्वरूप उनीहरूमा अपेक्षा गरिएको व्यवहार निर्माण हुन्छ ।
5. Criterion
of utility (उपयोगिताको आधार):
छनोट गरिएका विषयवस्तु सिकारुको जीवनमा
देखिएका समस्याहरू समाधान गर्नका लागि उपयोगी हुनु पर्दछ । छनोट गरिएको विषयवस्तुले वर्तमान
जीवनका समस्याहरूलाई समाधान गर्दै भविष्यका लागि सिकारुलाई तयार पार्नु पर्दछ, तब
मात्र उक्त विषयवस्तुको महत्त्व झल्किन्छ । यसका अलावा छनोट गरिएको विषयवस्तुले वर्तमान
जीवनलाई सहज बनाउँदै सिकारुको भोलिको जीवनलाई
समृद्ध बनाउन आवश्यक पर्ने ज्ञान, सिप र प्रवृत्तिसँग सम्बन्धित कुराहरू प्रदान गर्न सक्छ भने त्यस
विषयवस्तुलाई उपयोगी विषयवस्तुका रूपमा लिइन्छ ।
6. Criterion of consistency with social realities (सामाजिक वास्तविकतासँग समरूपताका आधार):
विषयवस्तु
छनोट गर्दा समाजको वास्तविकता
लाई पनि ध्यान दिनु पर्छ । समाजका
आवश्यकता, आकांक्षा, सामाजिक मूल्य
मान्यता, समाजको सामाजिक एवम् आर्थिक पक्ष र समाजका स्रोत एवम् साधनहरूजस्ता कुराहरूलाई ध्यान
दिई विषयवस्तु छनोट गर्नु पर्दछ । छनोट गरिएको विषयवस्तु समाज का वास्तविकता सोग समरूप हुन सकेन
भने त्यस्तो विषयवस्तुलाई समाजले
मान्यता दिदैन । परिणाम स्वरूप निर्माण गरिएको पाठ्यक्रम सफलता प्राप्त गदैन ।
Organization of Content (विषयवस्तुका संगठन)
पाठ्यक्रम विकासको क्रममा निर्धारण गरिएका
उद्देश्यहरू प्राप्त गर्न विभिन्न विधा क्षेत्रबाट
छनोट गरेका विषयवस्त लाइ उचित ढङ्गले सङ्गठन गरिएको खण्डमा सीखने र सिकाउने कार्य प्रभावकारी हुनेका साथै रोचक पनि छ हुन्छ । विशेषतः
पाठ्यक्रममा छनोट गरिएको विषयवस्तुलाई
प्रभावकारी ढंगले संगठन
गर्न ज्ञानको प्रकृति
(nature of knowledge). बालबालिकाहरूको
वृद्धि र विकासको गति (rate of growth and development), सिकाइ प्रक्रिया (learning
process) आदि कुराहरूलाई ध्यान दिन जरुरी हुन्छ । यी बिविध कुराहरूका अतिरिक्त छनोट गरिएका
विषयवस्तुलाई सङ्गठन गर्न यवाले निम्न आधारहरुलाई
प्रयोग गर्नुपर्ने सुझाव व्यक्त गरेकी छिन् :
1. Establishing
sequence (क्रम निर्धारण):
पाठ्यक्रममा छनोट गरिएका विषयवस्त आफैमा सङ्गठित र व्यवस्थित नहुने
भएकाले पाठ्यक्रम विकासको चौथो चरणमा ती विषयवस्तुलाई
क्रमबद्ध रूपमा सङ्गठन गर्नु पर्छ ।
विषयवस्तुको
क्रम निर्धारण गर्दा सरलदेखि जटिल (simple to complex), पूर्वाधार सिलाई
(prerequisite learning),
पूर्ण वाट अंशत (whole to part), समयक्रम (chronological sequence) आदि सिद्धान्तहरूलाई आधार बनाउन सकिन्छ ।
2. Providing
for cumulative learning (सञ्चित सिकाइ प्रदान गर्ने): विद्यार्थीहरूको उमरेको
वृद्धिसँगै परिपक्वतामा पनि बद्धि हुने भएकाले उनीहरूले पहिलाको तुलनामा पछिका वर्षहरूमा
धेरै कुरा सिक्न सक्छन् । त्यसकारण विषयवस्तु सङ्गठन गर्दा कक्षा र तहको
बृद्धिसँगै नयाँनियाँ विषयवस्तुहरू समावेश गरी उक्त विषयक्षेत्रमा विद्यार्थीहरूलाई
गहन ज्ञान प्रदान गर्नुपर्छ ।
3. Providing
for integration (एकीकरण गर्ने):
विभिन्न विधाक्षेत्रबाट छनोट गरिएका
मिल्दाजुल्दा प्रकृतिका तथ्य र सिद्धान्तहरूका बिचमा सम्बन्ध स्थापित गरा एकीकरण गर्न सकेका खण्डमा
विद्यार्थीहरूले एकीकृत ज्ञान प्राप्त गर्छ ।
त्यसकारण सिकाइलाई
प्रभावकारी बनाउन समान स्वरूपका तथ्य विचार धारणा, सामान्यीकरण र सिद्धान्तहरूको बिचमा सम्बन्ध पित
गरी सङगठन गर्न पर्दछ ।
यसरी
अलग अलग विषय क्षेत्रबाट छनोट गरिएका
मिल्दाजुल्दा स्वरूपका विषयवस्तुबिच सम्बन्ध स्थापना गरि संगठन गर्न नसकेका खण्डमा
विद्यार्थीहरूले खण्डित ज्ञान (fragmented knowledge) प्राप्त गर्ने सम्भावना बढ्छ, जून विज्ञान
व्यावहारिक जीवनका समस्याहरूलाई
पूर्ण मात्रामा हल गर्नको लागि उपयोगी हुँदैन। तसर्थ प्रभावकारी सिकाइका लागि छनोट गरिएका विषयवस्तुलाई व्यवस्थित ढङ्गले
संगठन गर्न विशेषगरी मनोवैज्ञानिक (psychological)
र तार्किक (logical) सिद्धान्तहरूको प्रयोग गर्नुपर्ने कुरा टावाले गरेकी
छिन् ।
यहाँ तार्किक सङ्गठन भन्नाले त्यस्तो संगठन
लाई सचित गर्दछ जसमा नोट
गरिएका विषयवस्तुलाई सिकारुको रुचि, क्षमता र पूर्वअनुभवका आधारमा भन्दा पनि पाठ्यक्रमविद्हरूको तर्कको
आधारमा सङ्गठन गरिन्छ । तर, मनोवैज्ञानिक संगठन भन्नाले यस किसिमको सङ्गठन
लाई जनाउँछ जसमा छनोट गरिएका विषयवस्तुलई
विज्ञहरूको तर्कको आधारमा सङ्गठन नगरी सिकारुको रुचि, क्षमता, पूर्व अनुभव, परिपक्वता र
क्रियाकलाप हरु को आधार मा संगठन गरिन्छ ।
उल्लिखित आधारहरूका अलावा छनोट गरिएको
विषयवस्तुलाई लम्बीय (vertical) र समतलीय
(horizontal) सिद्धान्तको प्रयोग गरी सङ्गठन गर्नु पर्ने सुझाव निकोल्स र निकोल्सले दिएका छन् । यहाँ
लम्बीय सङ्गठन भन्नाले तल्लो कक्षा र माथिल्लो कक्षामा अध्यापन हुने समान खालका तर फरक
विषयका मिल्दाजुल्दा विषयवस्तु बिचको सम्बन्ध हो । त्यसैगरी समतलीय सङ्गठन भन्नाले
एउटै कक्षामा अध्यापन हुने विभिन्न विषयका मिल्दाजुल्दा विषयवस्तु बिचको
सम्बन्ध हो ।
Comments
Post a Comment