सिकाइ सिद्धान्तहरुले
पाठ्यक्रमको विकासमा उच्च मात्रमा प्रभाव पार्दछन् । सिकाइ सिद्धान्तले विशेषत॥
सिकाइ के हो ? सिकाइ कसरी हुन्छ ? सिकाइमा के कस्ता तत्त्वहरुले प्रभाव पार्दछन् ?
सिकाइलाई सुनिश्चित गर्न पाठ्यक्रमलाई कसरी सङ्गठन गर्नुपर्छ ? परिवार र
विद्यालयको संस्कृतिले सिकाइमा के कस्तो प्रभाव पार्दछ? सिकाइमा उत्प्रेरणाको
भूमिका कस्तो रहन्छ ? पुनर्वलले सिकारुमा अपेक्षित व्यवहार निर्माण गर्न के कस्तो
सघाउ पुर्याउँछ ? आदि प्रश्नहरुको जवाफ खोज्दै सिकारुको लागि एउटा सान्दर्भिक
पाठ्यक्रम निर्माण गर्ने आधार प्रदान गर्दछन् । यसरी सिकाइ सिद्धान्तले पाठ्यक्रम
विकासमा मात्र सहयोग नगरी पाठ्यक्रम निर्माण पश्चात प्रभावकारी रुपमा कार्यन्वयन
गर्न पनि मद्दत गर्दछ । यी विविध कारणहरुले गर्दा सिकाइका सिद्धान्तले पठ्यक्रमको
निर्माणमा महत्वपुर्ण प्रभाव पार्दछन् ।
2.2.1 Influences
of Behaviorist Learning Theory
व्यवहारवादी सिकाइ सिद्धान्तले
मानिसलाई विशिष्ट उद्दीपक (Stimuli) हरु प्रति जनाएका
प्रतिक्रिया (Responses)हरुको संयोजनको रुपमा व्याख्या गर्दछ
। सिकारुले उसको वातातरणसँग अन्तरक्रिया ग्दा सिकाइ हुन्छ भन्ने कुरा यो
सिद्धान्तको मुख्य तर्क हो । सिकारुले वाह्य वातावरणमा देखापर्ने कुनै घटना
उद्दिपक (Stimuli) र
उक्त घटनाप्रति प्राणीले देखाउने व्यवहार प्रतिक्रिया (Response) विच जति
घनिष्ठ सम्बन्ध हुन्छ सिकाइ त्यति नै प्रभावकारी हुन्छ भन्ने मान्यता राख्दछ । यस्ता
सिकाइ सिद्धान्तमा Classical
conditioning learning theory, Operant conditioning learning theory, Trial and
error learning theory आदि प्रमुख हुन् ।
व्यवहारवादिहरुका
अनुसार सिकाइ यान्त्रिक प्रकृतिको हुन्छ । सिकाइमा अभ्यास र पुनर्वलको
महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले पाठ्यक्रमको निर्माण गर्दा जटिल विषयवस्तुलाई
स-साना शिर्षकमा वर्गिकरण गरी विद्यार्थीलाई प्रशस्त अभ्यास गर्ने अवसर दिनुपर्छ ।
विषयवस्तुको संगठन गर्दा पूर्व अनुभवसँग सम्बन्धित गराउनुपर्दछ र विषयवस्तु
प्रस्तुत गर्दा चरणवद्ध रुपमा गर्नु पर्दछ । शिक्षकले सकारात्मक व्यवहारको
निरन्तरता दिन पुनर्वलको प्रयोग गर्नुपर्दछ, नकारात्मक वानिहरुलाई सकारात्मक
वानिहरुमा परिवर्तन गर्न पाठ्यक्रमको महत्वपुर्ण भूमिका हुन्छ । यसरी वर्तमान
समयमा व्यवहारिवादी सिकाइ सिद्धान्तको प्रभाव पाठ्यक्रममा उच्च मात्रमा परेको
पाइन्छ ।
2.2.2 Influences of Cognitive Learning Theory
संज्ञानवादी
सिकाइ सिद्धान्तहरु व्यवहारवादी भन्दा फरक विचार लिएर आएका हुन् ।
संज्ञानवादीहरुका अनुसार सिकाइमा उद्दिपक (Stimuli) र प्रतिक्रिया (Response) भन्दा
पनि बुझाई (Understanding), अन्तर्दृष्टि (Insight), प्रत्यक्षिकरण
(Perception) आदि
तत्त्वहरुले महत्त्व राख्दछन् । संज्ञानवादिहरुका अनुसार सिकाइ सिकारुको
संज्ञानात्मक पक्ष र वातावरणविचको अन्तरक्रियाको परिणाम हो । सिकाइ खण्डित
पद्धतिबाट हुदैन । प्रभावकारी सिकाइका लागी एकीकृत पद्धतिको आवश्यक्ता पर्दछ ।
यीनिहरुका अनुसार सिकाइ एउटा जटिल मानसिक प्रक्रिया हो । तसर्थ पाठ्यक्रम निर्माण
गर्दा यसतर्फ विचार पुर्याउनु पर्दछ । संज्ञानात्मा सिकाइका सिद्धान्त अन्तर्गत Insightful Learning Theory,
Productive Thinking, Sign Theory, Field Theory आदि
पर्दछन् ।
संज्ञानवादीहरुका
अनुसार पाठ्यक्रम निर्माण गर्दा व्यक्तिगत विविधतामा प्राथमिक्ता दिँदै प्रत्येक
व्यक्तिको प्रत्यक्षिकरण क्षमता फरक हुन्छ भन्ने मान्यता राख्दछ । पाठ्यक्रम
निर्माणमा यस्ता विविधाताको सम्बोधान हुनुपर्दछ । निरर्थक प्रयासको सट्टामा
सिकारुको उत्प्रेरणा, आशातित लक्ष्य, संवेग, पूर्व अनुभव, अन्तर्दृष्टि जस्ता
कुराहरुलाई प्राथमिक्ता दिनुपर्छ । पाठ्यक्रममा विषयवस्तुको संगठन गर्दा पहिले
पुर्ण कुराको बारेमा जानकारी गराउँदै त्यससँग सम्बन्धित अंशहरुको अर्थ प्रष्ट
पार्नुपर्छ । संज्ञानवादिहरु सिकारुको उद्देश्य प्रष्ट किटान हुनुपर्छ, सिकारुको
सक्रीय सहभागिता बनाइ , विषयवस्तु पुर्णबाट अंश तिर संगठन गर्नुपर्दछ भन्ने
मान्यता राख्दछन ।
Comments
Post a Comment