Skip to main content

2.2 Implications of Behaviorist, Cognitive and Constructive theory in Curriculum Development

सिकाइ सिद्धान्तहरुले पाठ्यक्रमको विकासमा उच्च मात्रमा प्रभाव पार्दछन् । सिकाइ सिद्धान्तले विशेषत॥ सिकाइ के हो ? सिकाइ कसरी हुन्छ ? सिकाइमा के कस्ता तत्त्वहरुले प्रभाव पार्दछन् ? सिकाइलाई सुनिश्चित गर्न पाठ्यक्रमलाई कसरी सङ्गठन गर्नुपर्छ ? परिवार र विद्यालयको संस्कृतिले सिकाइमा के कस्तो प्रभाव पार्दछ? सिकाइमा उत्प्रेरणाको भूमिका कस्तो रहन्छ ? पुनर्वलले सिकारुमा अपेक्षित व्यवहार निर्माण गर्न के कस्तो सघाउ पुर्याउँछ ? आदि प्रश्नहरुको जवाफ खोज्दै सिकारुको लागि एउटा सान्दर्भिक पाठ्यक्रम निर्माण गर्ने आधार प्रदान गर्दछन् । यसरी सिकाइ सिद्धान्तले पाठ्यक्रम विकासमा मात्र सहयोग नगरी पाठ्यक्रम निर्माण पश्चात प्रभावकारी रुपमा कार्यन्वयन गर्न पनि मद्दत गर्दछ । यी विविध कारणहरुले गर्दा सिकाइका सिद्धान्तले पठ्यक्रमको निर्माणमा महत्वपुर्ण प्रभाव पार्दछन् ।

2.2.1  Influences of Behaviorist Learning Theory

व्यवहारवादी सिकाइ सिद्धान्तले मानिसलाई विशिष्ट उद्दीपक (Stimuli) हरु प्रति जनाएका प्रतिक्रिया (Responses)हरुको संयोजनको रुपमा व्याख्या गर्दछ । सिकारुले उसको वातातरणसँग अन्तरक्रिया ग्दा सिकाइ हुन्छ भन्ने कुरा यो सिद्धान्तको मुख्य तर्क हो । सिकारुले वाह्य वातावरणमा देखापर्ने कुनै घटना उद्दिपक  (Stimuli) र उक्त घटनाप्रति प्राणीले देखाउने व्यवहार प्रतिक्रिया  (Response) विच जति घनिष्ठ सम्बन्ध हुन्छ सिकाइ त्यति नै प्रभावकारी हुन्छ भन्ने मान्यता राख्दछ । यस्ता सिकाइ सिद्धान्तमा  Classical conditioning learning theory, Operant conditioning learning theory, Trial and error learning theory आदि प्रमुख हुन् ।
          व्यवहारवादिहरुका अनुसार सिकाइ यान्त्रिक प्रकृतिको हुन्छ । सिकाइमा अभ्यास र पुनर्वलको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले पाठ्यक्रमको निर्माण गर्दा जटिल विषयवस्तुलाई स-साना शिर्षकमा वर्गिकरण गरी विद्यार्थीलाई प्रशस्त अभ्यास गर्ने अवसर दिनुपर्छ । विषयवस्तुको संगठन गर्दा पूर्व अनुभवसँग सम्बन्धित गराउनुपर्दछ र विषयवस्तु प्रस्तुत गर्दा चरणवद्ध रुपमा गर्नु पर्दछ । शिक्षकले सकारात्मक व्यवहारको निरन्तरता दिन पुनर्वलको प्रयोग गर्नुपर्दछ, नकारात्मक वानिहरुलाई सकारात्मक वानिहरुमा परिवर्तन गर्न पाठ्यक्रमको महत्वपुर्ण भूमिका हुन्छ । यसरी वर्तमान समयमा व्यवहारिवादी सिकाइ सिद्धान्तको प्रभाव पाठ्यक्रममा उच्च मात्रमा परेको पाइन्छ ।

2.2.2    Influences of Cognitive Learning Theory

                संज्ञानवादी सिकाइ सिद्धान्तहरु व्यवहारवादी भन्दा फरक विचार लिएर आएका हुन् । संज्ञानवादीहरुका अनुसार सिकाइमा उद्दिपक (Stimuli)  र प्रतिक्रिया (Response) भन्दा पनि बुझाई (Understanding), अन्तर्दृष्टि (Insight), प्रत्यक्षिकरण (Perception)  आदि तत्त्वहरुले महत्त्व राख्दछन् । संज्ञानवादिहरुका अनुसार सिकाइ सिकारुको संज्ञानात्मक पक्ष र वातावरणविचको अन्तरक्रियाको परिणाम हो । सिकाइ खण्डित पद्धतिबाट हुदैन । प्रभावकारी सिकाइका लागी एकीकृत पद्धतिको आवश्यक्ता पर्दछ । यीनिहरुका अनुसार सिकाइ एउटा जटिल मानसिक प्रक्रिया हो । तसर्थ पाठ्यक्रम निर्माण गर्दा यसतर्फ विचार पुर्याउनु पर्दछ । संज्ञानात्मा सिकाइका सिद्धान्त अन्तर्गत  Insightful Learning Theory, Productive Thinking, Sign Theory, Field Theory आदि पर्दछन् ।
            संज्ञानवादीहरुका अनुसार पाठ्यक्रम निर्माण गर्दा व्यक्तिगत विविधतामा प्राथमिक्ता दिँदै प्रत्येक व्यक्तिको प्रत्यक्षिकरण क्षमता फरक हुन्छ भन्ने मान्यता राख्दछ । पाठ्यक्रम निर्माणमा यस्ता विविधाताको सम्बोधान हुनुपर्दछ । निरर्थक प्रयासको सट्टामा सिकारुको उत्प्रेरणा, आशातित लक्ष्य, संवेग, पूर्व अनुभव, अन्तर्दृष्टि जस्ता कुराहरुलाई प्राथमिक्ता दिनुपर्छ । पाठ्यक्रममा विषयवस्तुको संगठन गर्दा पहिले पुर्ण कुराको बारेमा जानकारी गराउँदै त्यससँग सम्बन्धित अंशहरुको अर्थ प्रष्ट पार्नुपर्छ । संज्ञानवादिहरु सिकारुको उद्देश्य प्रष्ट किटान हुनुपर्छ, सिकारुको सक्रीय सहभागिता बनाइ , विषयवस्तु पुर्णबाट अंश तिर संगठन गर्नुपर्दछ भन्ने मान्यता राख्दछन ।


Comments

Popular posts from this blog

Taxonomy of Educational Objectives

शैक्षिक उद्देश्य को वर्गीकरण ले  सिकाइ सरलदेखि जटिल क्रममा अगाडि बढ्छ भन्ने मान्यता राख्दै विद्वान्हरूले ज्ञानका प्रत्येक क्षेत्रमा (संज्ञानात्मक, भावनात्मक र मनोक्रियात्मक) विभिन्न तहहरूलाई सरलदेखि जटिल क्रममा   प्रस्तुत गरेका छन् । यी विविध क्षेत्रहरूले सिकाइको थालनी कहाँबाट हुन्छ ? कुन क्रममा अगाडि बढ्छ ? र कहाँ गएर चिन्तन प्रक्रिया टुङ्गिन्छ ? भन्ने कुरालाई अत्यन्त सरल रूपमा प्रष्टाउने काम गरेका छन् । सिकाइलाई क्रमबद्ध बनाउँदै पाठ्यक्रमले आशा गरेका सिकाइ उपलब्धिहरूलाई ठिक समयमा प्राप्त गर्नका लागि पाठ्यक्रम निर्माताहरूले शैक्षिक उद्देश्यको वर्गीकरणलाई प्रयोगमा ल्याउनुपर्छ । उद्देश्यपूर्ण सिकाइका लागि पाठ्यक्रम विकास गर्दा र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा सरोकारवाला व्यक्तिहरूले यी उद्देश्यहरूको उचित ढङ्गले प्रयोग गर्नुपर्छ । यसका लागि उनीहरूलाई शैक्षिक उद्देश्यको वर्गीकरणका बारेमा स्पष्ट ज्ञान हुनुपर्छ । यही प्रयोजनका लागि उद्देश्यहरूका वर्गीकरण लाई निम्नानुसार प्रष्ट पारिएको छ : (i) Cognitive Domain (संज्ञानात्मक क्षेत्र)...

3. पाठ्यक्रम विकास (Curriculum Development)

3.1 Elements of Curriculum             पाठ्यक्रम तयार गर्दा प्रयोग गरिएका विभिन्न तत्त्वहरूलाई नै पाठ्यक्रम का तत्त्वहरू भनिन्छ। सामान्यतया कुनै पनि किसिमको पाठ्यक्रममा उद्देश्य, विषयवस्तु, शिक्षण विधि र   मूल्यांकन जस्ता चारवटा तत्त्वहरूको उपस्थिति रहन्छ। तथापि सबै प्रकारका पाठ्यक्रम यी तत्त्वहरूलाई समान ढङ्गले प्राथमिकता दिदैन । यसको अर्थ, एउटा विषय को पाठ्यक्रम विषयवस्तुलाई बढी प्राथमिकता दिएको हुन सक्छ भने अर्को विषयको पाठ्यक्रमले विषयवस्तुलाई भन्दा शिक्षण विधिलाई बढी महत्त्व दिएको हुन सक्छ। प्रिन्ट (Print) ले समग्र पाठ्यक्रम फरक र अन्तर्सम्बन्धित अंशहरूलाई नै पाठ्यक्रमका तत्त्वहरू रूपमा उल्लेख गरेका छन् । जसअन्तर्गत उद्देश्य, विषयवस्तु, सिकाइ अनुभव र मूल्याङ्कनजस्ता चारवटा तत्त्वहरू समावेश हुन्छन् । यसरी विषय केन्द्रित, सिकारु केन्द्रित र समस्या केन्द्रित कुनै पनि किसिमको पाठ्यक्रमका उद्देश्य, विषयवस्तु, सिलाई अनुभव र मूल्याङ्कन जस्ता चारवटा तत्त्वहरूको संलग्नता रहन्छ। त्यसैले सबै प्रकारका पाठ्यक्रममा रहने य...