पाठ्यक्रम विकास गर्दा चौथो चरणमा पाठ्यक्रम निर्म ता हरूले सिकाइ अनुभवहरूको छनोट गर्न पर्दछ । कतिपय पाठ्यक्रम विदहरूले सिकाइ अनुभवहरूलाई विषयवस्तुको रूपमा धारण गरेको देखिन्छ तर टेलर, टावा र हिवलरजस्ता पाठ्यक्रमविद्हरूले भने विषयवस्तर सिकाइ अनुभवलाई फरक फरक ढङ्गले व्याख्या गरेका छन् । तसर्थ सिकाइ अनुभव न त पाठ्यक्रममा समावेश गरिएको विषयवस्तुसँग सम्बन्धित छ न त शिक्षकले सम्पादन गर्ने क्रियाकलाप सँग नै समान छ। टेलरका अनुसार सिकाइ अनुभवले सिकारु र वातावरणको बाह्य अवस्था बिच अन्तरक्रियालाई सूचित गर्दछ जसमा उसले प्रतिक्रिया जनाउँछ । अनुभवहरू विद्यार्थीहरूको सक्रीय सहभागितालाई सुनिश्चित गर्ने क्रियाकलापहरू हुन जसलाई योजना गरिएको पाठ्यक्रममा लेखन गरिएको हुनसक्छ र यस्ता क्रियाकलाप हरूले निर्धारित उद्देश्यहरू प्राप्त गर्नका लागि विद्यार्थीहरूलाई पर्याप्त सिकाइ अवसरहरू प्रदान गर्छन् । यस सवालमा टेलरले सिकारुको सक्रीय सहभागिताद्वारा मात्र सिकाइ हुन्छ भन्ने कुरालाई इङ्गित गर्न खोजेका छन् । यसको अर्थ सिकारुले जे गदर्छ त्यही सिक्छ तर शिक्षकल...
पहिलो चरणमा निदान गरेका आवश्यकताहरूले विशिष्ट र व्यावहारिक खालका उद्देश्यहरूको निर्धारण गर्नमा सघाउ पाउँछन् । त्यसैगरी आवश्यकताको पहिचान गरी निर्धारण गरिएका उद्देश्यहरूले महत्त्वपूर्ण र वैध विषयवस्तु छनोट गर्न मद्दत गर्छन् । त्यसकारण पाठ्यक्रममा विषयवस्तु छनोट ग र् दा निर्धारण गरिएका उद्दश्यहरू प्राप्त गरी अपेक्षित व्यवहारको निर्माण गराउनको लागि वैध, महत्वपूर्ण र सिकारुल सिक्न सक्ने किसिमका विषयवस्तु छनोट गर्नु पर्दछ । वैध र महत्त्वपूर्ण विषयवस्तुको अभावमा सिकारुमा अपेक्षा गरिएको व्यवहार निर्माण हुन नसक्ने र निर्धारण गरि उद्देश्यहरू पनि प्राप्त गर्न नसकिने भएकाले विषयवस्तु छनोट गर्दा पाठ्यक्रम निर्माता बुद्धिमत्तापूर्ण ढङ्गले आफ्नो उत्तरदायित्व बहन गर्नु पर्दछ पाठ्यक्रमका उचित किसिमका विषयवस्तु छनोट गर्न पाठ्यक्रम निर्माताहरूले संख्या उल्लिखित आधारहरुलाई अनुसरण गर्नु पर्छ : 1. Criterion of validity (वैधताको आधार): पाठ्यक्रममा समावेश गरिएको विषयवस्तु आधिकारिक (authentic) र सत्य (true) छ भने त्यस वि षयवस्तुलाई वैध मानिन्...