पाठ्यक्रम विकास गर्दा चौथो चरणमा पाठ्यक्रम निर्म ता हरूले सिकाइ अनुभवहरूको छनोट गर्न पर्दछ । कतिपय पाठ्यक्रम विदहरूले सिकाइ अनुभवहरूलाई विषयवस्तुको रूपमा धारण गरेको देखिन्छ तर टेलर, टावा र हिवलरजस्ता पाठ्यक्रमविद्हरूले भने विषयवस्तर सिकाइ अनुभवलाई फरक फरक ढङ्गले व्याख्या गरेका छन् । तसर्थ सिकाइ अनुभव न त पाठ्यक्रममा समावेश गरिएको विषयवस्तुसँग सम्बन्धित छ न त शिक्षकले सम्पादन गर्ने क्रियाकलाप सँग नै समान छ। टेलरका अनुसार सिकाइ अनुभवले सिकारु र वातावरणको बाह्य अवस्था बिच अन्तरक्रियालाई सूचित गर्दछ जसमा उसले प्रतिक्रिया जनाउँछ । अनुभवहरू विद्यार्थीहरूको सक्रीय सहभागितालाई सुनिश्चित गर्ने क्रियाकलापहरू हुन जसलाई योजना गरिएको पाठ्यक्रममा लेखन गरिएको हुनसक्छ र यस्ता क्रियाकलाप हरूले निर्धारित उद्देश्यहरू प्राप्त गर्नका लागि विद्यार्थीहरूलाई पर्याप्त सिकाइ अवसरहरू प्रदान गर्छन् । यस सवालमा टेलरले सिकारुको सक्रीय सहभागिताद्वारा मात्र सिकाइ हुन्छ भन्ने कुरालाई इङ्गित गर्न खोजेका छन् । यसको अर्थ सिकारुले जे गदर्छ त्यही सिक्छ तर शिक्षकल...