Skip to main content

2.3 पाठ्यक्रममा समाज तथा संस्कृतिको प्रभाव (Society and Culture Influence on Curriculum)

     समाज र संस्कृतिले पनि निर्माण गर्न लागिएको पाठ्यक्रममा उच्च मात्रामा प्रभाव पर्ने  भएकाले तिनीहरूलाई पाठ्यक्रम विकासको अर्को महत्वपर्ण स्रोतको रूपमा व्याख्या गारेको हो । समाज र विद्यालय शिक्षाका बिचमा घनिष्ट सम्बन्ध रहने र यी दुबैले एकअकाकीसहअस्तित्त्वका आधारमा काम गर्ने भएकाले यहाँ समाज र संस्कृतिलाई पाठ्यक्रमको स्रोतका रुपमा उल्लेख गरिएको हो । शिक्षाविद जोन डिवेका अनुसार समाज र विद्यालय शिक्षाको बिचमा घनिष्ट सम्बन्ध रहन्छ । यसर्थ गुणस्तरीय शिक्षाको लागि आदर्श समाजको र आदर्श एव विकसित समाजको लागि प्रभावकारी एवं जीवनोपयोगी शिक्षाको आवश्यकता पर्छ । यही कारणले गर्दा डिवेले समाज र विद्यालयलाई एउटै प्रक्रियाका दुईवटा विन्दुहरू (two limits of single process) को रूपमा व्याख्या गरेका छन् । विशेषतः समाजका आवश्यकता, समस्या, मूल्य मान्यता र आकाक्षाका आधारमा विद्यालयका उद्देश्य र संरचना निर्धारित हुन्छ । अथवा विद्यालयमा प्रदान गरिने शिक्षामा समाजका आवश्यकता र आकाङ्क्षाहरू प्रतिविम्बित हुन्छन् । सामाजिक संरचना, सामाजिक गतिशीलता, सामाजिक मल्यमान्यताहरू र समाजको दर्शनलाई विद्यालय शिक्षा प्रतिनिधित्व गरेको छ भने उक्त विद्यालयक गतिविधिहरूलाई समाजले पनि स्वीकार गर्छ । त्यसैगरी विद्यालयक भौतिक र शैक्षिक विकासका लागि समाजले पर्याप्त मात्रामा सहयोग गर्दछ । जसको फलस्वरूप विद्यालयले आफ्ना शैक्षिक गतिविधिहरूलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न सक्छ । अर्को तर्फ विद्यालय पनि सामाजिक आवश्यकता, समस्या र आकाङ्क्षाहरू परिपूर्ति गर्नका लागि उचित भूमिका निर्वाह गर्नुपर्छ । विद्यालय विद्यार्थीहरू समाजका आवश्यकताहरु परिपूर्ति गर्नका लागि चाहिने सामाजिक दक्षताको विकास गर्नुपर्छ। तब मात्र सिकारूहरूले यस्तो दक्षताको उपयोग गरी समाजका समस्याहरूलाई पूर्णमात्रामा समाधान गर्न सक्छन् । यी कुराहरू सँगै विद्यालय समाजका मूल्यमान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै यिनीहरूको संरक्षण र सम्बर्द्धन गर्नुपर्दछ । यसरी विद्यालयको विकासको लागि समाजले र समाजको विकासको लागि विद्यालयले एक अर्काको परिपूरक भूमिका निर्वाह गर्नुपर्छ।

2.3.1 पाठ्यक्रममा समाज र संस्कृतिका प्रभाव (Influence of Society and Culture on Curriculum)

            समयक परिवर्तनसँगै सिकारू, समाज व राष्ट्र क आवश्यकता र समस्याको स्वरूपमा पनि निरन्तर रूपमा परिवर्तन देखिन्छ । तसर्थ समाजका यस्ता परिवर्तित आवश्यकताहरूलाई प्रतिनिधित्व गर्ने गरी पाठ्यक्रम विकास गर्न एकपटक तयार गरिएको पाठ्यक्रमलाई निरन्तर रूपमा परिवर्तन गर्नुपर्छ । तब मात्र उक्त पाठ्यक्रमले समाजका रूचि, आवश्यकता, समस्या र आकाङ्क्षाहरूलाई प्रतिनिधित्व गर्न सक्छ, सामाजिक मूल्य मान्यताको संरक्षण र संवर्धन गर्न सक्छ, सामाजिक समस्याहरू समाधान गर्नको लागि आवश्यक पर्ने ज्ञान र सिप सिकारूलाई हस्तान्तरण गर्न सक्छ, समाजका प्रत्येक सदस्यलाई सामाजिक एकताको सुत्रमा बाँध्न सहयोग गर्दछ । समाजको परिवर्तित रूचि, आवश्यकता र आकाङ्क्षा अनुसार पाठ्यक्रमलाई पनि निरन्तर रूपमा परिवर्तन गर्न नसकेका खण्डमा उक्त पाठ्यक्रमले समाजको विकास र रूपान्तरणको लागि उचित भूमिका निर्वाह गर्न सक्दैन । परिणामस्वरूप उक्त पाठ्यक्रम असान्दर्भिक र उपयोगविहीन हुन्छ। यही कारणले गर्दा समाजलाई पाठ्यक्रम विकासको अकों प्रमुख स्रोत मानिएको हो। यी विविध कराहरूलाई विचार गर्दै पाठ्यक्रमविदहरू टेलर र टावाले पनि पाठ्यक्रम निर्माण गर्दा समाजको गहन विश्लेषण गर्नुपर्ने सुझाव दिएका छन् विज्ञान र प्रविधिको तिव्र विकासले गर्दा समाजको स्वरूपमा पनि व्यापक परिवर्तन आइरहेको छ । हिजोको तुलनामा आजको समाज जटिल बनेको छ । त्यसैगरी आजको समयमा विज्ञान र प्रविधिको विकासले भोलिको समाज अझ जटिल हुने अवस्था छ । जनसंख्या तीव्र बृद्धिले गर्दा मानिसहरूको विचमा व्यापक प्रतिस्पर्धा चलिरहेको छ प्रविधिको  उच्चतम विकासले गर्दों सरयी मजदुरहरूले गर्ने काम एउटै मेशिनले गर्न थालेको छ । समाजमा वेजगारहरूको सदखया दिन प्रतिदिन बढिरहेको छ मानिसहरूले आफ्ना आवश्यकताहरु
परिपूर्ति गर्नका लागि स्वस्थ प्रतिस्पर्धा गरिरहेका छन् । समाज व्यक्तिवादी बन्दै गएको छ । त्यसैले मानिसहरूमा हामी भन्ने भावना हराएर म भन्ने भावना हावी हुँदै गएको
। विज्ञाद्वारा विकास गरिएका यांत्रिक सामग्रीहरु माथी मानिसहरू निर्भर हुँदै गई रहेका छन् परिणाम नी र गरिबको खाडल अझ ठुलो हुँदै गइरहेको रो छ । तसर्थ द्वन्द्वबाट ग्रसित समाजलाई शान्त समयमा रूपान्तरण गर्न, बेरोजगारमूलक समाजलाई  रोजगारमुलक समाजमा स्थापना गर्न, अस्वस्थ प्रतिस्पर्धा ग्रसित समाजलाई स्वस्थ प्रतिस्पर्धा मूलक समाजमा रूपान्तरण गर्न, गरिबीले व्याप्त समाजलाई समृद्ध समाजमा परिवर्तन गर्न र परनिर्भर बसेका मानिस र समुदायलाई आत्मनिर्भर बनाउन सान्दर्भिक पाठ्यक्रमक आवश्यकता पछ यसको लागि पाठ्यक्रम निर्माताहरुले समकालीन समाज के विविध गतिवि विश्लेषण गरी सम्बन्धित समाजका आवश्यकता र समस्याहरूको पहिचान गर्न आवश्यक छ । यी विविध कारणहरूले गर्दा समाजलाई पाठ्यक्रम विकासको एउटा महत्त्वपूर्ण स्रोत मानिन्छ एउटै समाजमा पनि विभिन्न धर्म, भाषा र संस्कृति भएका मानिसहरूको बसोबास हुन्छ। उनीहरूको मूल्यमान्यता र सामाजिक आर्थिक पृष्ठभूमि एउटै हुँदैन । यस्ता विविधताले गर्दा उक्त समाजमा बसोबास गर्ने मानिसहरूका आवश्यकता र समस्याहरू पनि समान हुँदैनन् । तसर्थ विकास गरिएको पाठ्यक्रमले यस्ता विविध धर्म, भाषा र संस्कृति भएका मानिसका भिन्न भिन्न प्रकृतिका आवश्यकता र समस्याहरूलाई समेट्न सक्नुपर्छ । विभिन्न जात, धर्म र संस्कृति मानिसहरूका मूल्य मान्यताहरूलाई संरक्षण र संवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्नुपर्छ । उनीहरूका दैनिक जीवनक क्रियाकलापहरूलाई प्रभावकारी तवरले सम्पादन गर्न आवश्यक पर्ने ज्ञान र सिप प्रदान गर्दै पाठ्यक्रमले उनीहरूको जीवन लाई गुणस्तरीय बनाउन सहयोग गर्नुपर्दछ । त्यसैगरी, आयआर्जन गरी उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन आवश्यक पर्ने ज्ञान र सिप प्रदान गर्न सक्नुपर्छ । तब मात्र निर्माण गरिएको पाठ्यक्रम सिकारूका सामाजिक आवश्यकताहरु परिपूर्ति गर्न सहयोग हुन्छ। यसको लागि पाठ्यक्रम निर्माताहरूले जुन समाज र समुदायको लागि पाठ्यक्रम निर्माण गर्न लागका हुन्, उक्त समाजका विविध आवश्यकता र समस्याहरूको पहिचान गर्दै त्यस्ता आवश्यकता र समस्याहरूलाई समेट्न सक्ने किसिमको पाठ्यक्रम निर्माण गर्नुपर्छ । यसर निर्माण गरिएको पाठ्यक्रमले सम्बन्धित समाजक वास्तविकताहरूलाई प्रतिबिम्बित गर्न  सक्छ । यी विविध कारणले गर्दा समाज र संस्कृतिलाई पाठ्यक्रममा प्रभाव पारने एउटा महत्त्वपूर्ण स्रोत मानिन्छ।



Questions for Practice

1.      How does a philosophy influence on curriculum development? Explain with examples.
2.       What should be the curriculum of a school as recommended by idealism? Discuss in brief.
3.      What type of curriculum is required to the learners as suggested by realism?
4.      What should be the curriculum as per pragmatism and existentiasm? Discuss in short.
5.      Discuss different learning theories as the foundation of curriculum development
6.      List out the sources of curriculum goals and explain any one of them.
7.      Describe the impact of behaviourist learning theories on curriculum.
8.      How do cognitivist learning theories influence on curriculum development process? Explain in short.
9.      Discuss the influence of constructivist learning theories on curriculum.
10. Why the society is regarded as a factor influencing on curriculum development? Discuss in brief.

Comments

Popular posts from this blog

Taxonomy of Educational Objectives

शैक्षिक उद्देश्य को वर्गीकरण ले  सिकाइ सरलदेखि जटिल क्रममा अगाडि बढ्छ भन्ने मान्यता राख्दै विद्वान्हरूले ज्ञानका प्रत्येक क्षेत्रमा (संज्ञानात्मक, भावनात्मक र मनोक्रियात्मक) विभिन्न तहहरूलाई सरलदेखि जटिल क्रममा   प्रस्तुत गरेका छन् । यी विविध क्षेत्रहरूले सिकाइको थालनी कहाँबाट हुन्छ ? कुन क्रममा अगाडि बढ्छ ? र कहाँ गएर चिन्तन प्रक्रिया टुङ्गिन्छ ? भन्ने कुरालाई अत्यन्त सरल रूपमा प्रष्टाउने काम गरेका छन् । सिकाइलाई क्रमबद्ध बनाउँदै पाठ्यक्रमले आशा गरेका सिकाइ उपलब्धिहरूलाई ठिक समयमा प्राप्त गर्नका लागि पाठ्यक्रम निर्माताहरूले शैक्षिक उद्देश्यको वर्गीकरणलाई प्रयोगमा ल्याउनुपर्छ । उद्देश्यपूर्ण सिकाइका लागि पाठ्यक्रम विकास गर्दा र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा सरोकारवाला व्यक्तिहरूले यी उद्देश्यहरूको उचित ढङ्गले प्रयोग गर्नुपर्छ । यसका लागि उनीहरूलाई शैक्षिक उद्देश्यको वर्गीकरणका बारेमा स्पष्ट ज्ञान हुनुपर्छ । यही प्रयोजनका लागि उद्देश्यहरूका वर्गीकरण लाई निम्नानुसार प्रष्ट पारिएको छ : (i) Cognitive Domain (संज्ञानात्मक क्षेत्र)...

3. पाठ्यक्रम विकास (Curriculum Development)

3.1 Elements of Curriculum             पाठ्यक्रम तयार गर्दा प्रयोग गरिएका विभिन्न तत्त्वहरूलाई नै पाठ्यक्रम का तत्त्वहरू भनिन्छ। सामान्यतया कुनै पनि किसिमको पाठ्यक्रममा उद्देश्य, विषयवस्तु, शिक्षण विधि र   मूल्यांकन जस्ता चारवटा तत्त्वहरूको उपस्थिति रहन्छ। तथापि सबै प्रकारका पाठ्यक्रम यी तत्त्वहरूलाई समान ढङ्गले प्राथमिकता दिदैन । यसको अर्थ, एउटा विषय को पाठ्यक्रम विषयवस्तुलाई बढी प्राथमिकता दिएको हुन सक्छ भने अर्को विषयको पाठ्यक्रमले विषयवस्तुलाई भन्दा शिक्षण विधिलाई बढी महत्त्व दिएको हुन सक्छ। प्रिन्ट (Print) ले समग्र पाठ्यक्रम फरक र अन्तर्सम्बन्धित अंशहरूलाई नै पाठ्यक्रमका तत्त्वहरू रूपमा उल्लेख गरेका छन् । जसअन्तर्गत उद्देश्य, विषयवस्तु, सिकाइ अनुभव र मूल्याङ्कनजस्ता चारवटा तत्त्वहरू समावेश हुन्छन् । यसरी विषय केन्द्रित, सिकारु केन्द्रित र समस्या केन्द्रित कुनै पनि किसिमको पाठ्यक्रमका उद्देश्य, विषयवस्तु, सिलाई अनुभव र मूल्याङ्कन जस्ता चारवटा तत्त्वहरूको संलग्नता रहन्छ। त्यसैले सबै प्रकारका पाठ्यक्रममा रहने य...

2.2 Implications of Behaviorist, Cognitive and Constructive theory in Curriculum Development

सिकाइ सिद्धान्तहरुले पाठ्यक्रमको विकासमा उच्च मात्रमा प्रभाव पार्दछन् । सिकाइ सिद्धान्तले विशेषत॥ सिकाइ के हो ? सिकाइ कसरी हुन्छ ? सिकाइमा के कस्ता तत्त्वहरुले प्रभाव पार्दछन् ? सिकाइलाई सुनिश्चित गर्न पाठ्यक्रमलाई कसरी सङ्गठन गर्नुपर्छ ? परिवार र विद्यालयको संस्कृतिले सिकाइमा के कस्तो प्रभाव पार्दछ? सिकाइमा उत्प्रेरणाको भूमिका कस्तो रहन्छ ? पुनर्वलले सिकारुमा अपेक्षित व्यवहार निर्माण गर्न के कस्तो सघाउ पुर्याउँछ ? आदि प्रश्नहरुको जवाफ खोज्दै सिकारुको लागि एउटा सान्दर्भिक पाठ्यक्रम निर्माण गर्ने आधार प्रदान गर्दछन् । यसरी सिकाइ सिद्धान्तले पाठ्यक्रम विकासमा मात्र सहयोग नगरी पाठ्यक्रम निर्माण पश्चात प्रभावकारी रुपमा कार्यन्वयन गर्न पनि मद्दत गर्दछ । यी विविध कारणहरुले गर्दा सिकाइका सिद्धान्तले पठ्यक्रमको निर्माणमा महत्वपुर्ण प्रभाव पार्दछन् । 2.2.1   Influences of Behaviorist Learning Theory व्यवहारवादी सिकाइ सिद्धान्तले मानिसलाई विशिष्ट उद्दीपक (Stimuli) हरु प्रति जनाएका प्रतिक्रिया ( Responses )हरुको संयोजनको रुपमा व्याख्या गर्दछ । सिकारुले उसको वातातरणसँग अन्तरक्रिया ग्दा...