परिवर्तनशिल
समयमा समाजका हरेक पक्षहरुपनि परिवर्तनशिल छन् । यसै क्रम सँगै शिक्षाको उद्देश्य
र स्वरुप पनि परिवर्तन भैरहेको हुन्छ । उद्देश्यको परिवर्तनअनुसार पाठ्यक्रममा पनि
परिवर्तन आउँछ । पाठ्यक्रमको परिवर्तनको यो प्रक्रिया निरन्तर रुपमा चलिरहन्छ ।
पाठ्क्रममा सुधार तथा परिवर्तन समकालिन समाजको रुचि, आवश्यक्ता, चाहना तथा
राष्ट्रका निति नियम आदिमा निर्भर रहन्छ र कुनै पनि समाजले कस्तो रुचि, चाहना तथा
राष्ट्रका निति-नियम तथा उद्देश्यहरु उक्त समाजको दर्शनमा निहित रहेको हुन्छ ।
व्यक्ति तथा समाजले अङ्गिकार गरेको दर्शनले व्यक्ति तथा समाजका आजको चिन्तन शैलि र
भोलिको दिनका पदचापहरुलाई निर्दिष्ट गरेको हुन्छ ।
2.1 Philosophy: Major philosophies and their influence in curriculum
विभिन्न दर्शनले पाठ्यक्रमको निर्माण र विकासमा
फरक फरक किसिमले प्रभाव पारेका छन् ।
पाठ्यक्रममा विभिन्न दर्शन अनुसारको प्रभावलाई निम्नानुसार अध्ययन गर्न सकिन्छ ।
आदर्शवादको पाठ्यक्रममा प्रभाव
आदर्शवाद
मानिसको आदर्श चरित्र र आदर्श समाजको परिकल्पना गर्दछ र सोहि अनुसारको पाठ्यक्रमको
निर्माभ गर्न जोड दिन्छ । सिकारुअनुसारका बुद्धि, संवेग र इच्छालाई पाठ्यक्रममा
समावेश गर्नुपर्छ भन्ने मान्यता राख्दछ । पाठ्यक्रममा प्रश्नोत्तर, छलफल,
व्याख्या, संवाद, तर्क, निगमन आदि विधिको प्रयोग हुनुपर्ने साथै मानवीय आदर्श
विचार समेट्ने विषयहरु पाठ्यक्रममा समावेश हुनुपर्ने कुरामा आदर्शवादीहरुको जोड
पाइन्छ । संस्कृतिको हस्तान्तरण र विकास गर्ने; ज्ञान, आध्यात्मिक र नैतिक
ज्ञानमूलक विषय पाठ्यक्रममा हुनुपर्छ । मूलतः भजन, गीत, नाटक, पाठ्यक्रममा समावेश
गर्नुपर्ने आदर्शवादी दार्शनिकहरुको दृष्टिकोण पाइन्छ ।
आदर्शवादि
दार्शनिक Ross ले सम्पूर्ण मानव क्रियाकलापलाई समेट्नको लागि
पाठ्यक्रमका विषयहरुलाई दुई भागमा बाँडेका छन्, जस अन्तर्गत शारीरिक
क्रियाकलापहरुमा शरीरको रक्षा र विभिन्न कलाकौशल सम्बन्धी विषयहरु र आध्यात्मिक
क्रियाकलापहरुमा बौद्धिक, नैतिक, सौन्दर्यात्मक र धार्मिक विषयहरु रहेका छन् । यसरी
पाठ्यक्रमको निर्माणमा आदर्शवादिहरुको महत्त्वपूर्ण प्रभाव रहेको देखिन्छ ।
प्रकृतिवादको पाठ्यक्रममा प्रभाव
प्रकृतिवाद
पूर्वनिर्मित पाठ्यक्रमको विरोध गर्दछ । प्रकृतिवादिहरु पाठ्यक्रमको निर्माता बालक
स्वयंलाई मान्दछन् । प्रत्येक वालकलाई प्रदान गरिने पाठ्यक्रम उनीहरुको प्रवृति,
चाख र क्षमताको आधारमा निर्माण गरिएको हुनुपर्छ । विद्यार्थीमा दवावबाट ज्ञान
थोपर्ने प्रयास गरिनुहुन्न । वालकको चाख र क्षमताको ख्याल राख्नुपर्छ । बालकलाई प्रदान गरिने विषयवस्तुले भविष्यको
बालकको जीवनलाई संरक्षण गर्न सक्नुपर्छ यसर्थ पाठ्यक्रम जीवन संरक्षणमूलक हुनुपर्छ
। प्रकृतिवादी पाठ्यक्रममा जीवनका मूल्यहरु र दर्शनको सिद्धान्त (Laws of life and principles of philosophy) सिक्ने विषयहरु समाविष्ट गरिनुपर्छ भन्ने Spencer को दृष्टिकोण रहेको छ ।
प्रकृतिवादिहरु
कोरा कितावी ज्ञानको विरोध गर्दछन्, साथै परम्परागत रुपमा रहेका पाठ्यक्रम र
पाठ्यपुस्तकको विरोध गर्दछन् । पाठ्यक्रम बालरुचि र क्षमतामा आधारित हुनुपर्छ ।
जबसम्न वालकमा विपरीत यौनप्रति सकारात्मक धारणाको विकास हुँदैन तबसम्मवालबिकास
असम्भव हुने हुनाले कक्षामा नै यौन विषायक खुला छलफल गर्न वातावरण तयार
पारिदिनुपर्छ जसबाट वालकको सोचाइ विकृतिवाट रोकिन्छ भन्दै प्रकृतिवादिहरु यौन
शिक्षाको महत्त्वलाई जोड दिन्छन् । मनोरञ्जनका लागि गीत, नाच, नाटक, सृजनात्मक
प्रतिभा विकास गर्ने कार्यहरु, दैनिक जीवनमा आइपर्ने गणित र भाषा विषयक कुराहरु
हुनुपर्छ । मूलत १२/१३ वर्षको उमेरसम्म वालकला स्वतन्त्र रुपमा खेल्दै अनुभव हासिल
गराउदै ज्ञान दिनुपर्छ, अनुभव र इन्द्रियद्वारा आर्जित ज्ञानको प्रधानता दिने
पाठ्यक्रम हुनुपर्छ भन्ने मान्यता राख्दछन् । प्रकृतिवादि दार्शनिक Rousseau ले "Curriculum should be constructed according to the
aptitude, physical and mental development of children." भन्दै
पाठ्यक्रमविद्यार्थीको धारणा, इच्छा, बौद्धिकता, शारीरिक र मानसिक विकासका आधारमा
व्यक्तिका आवश्यकताअनुसार कुनै पनि विषय सिकापउ सकिन्छ भन्ने कुरामा जोड दिन्छन् ।
यथार्थवादको पाठ्यक्रममा प्रभाव
यथार्थवादका
अनुसार पाठ्यक्रमले विद्यार्थीलाई पूर्ण रुपमा सुखमय जीवनको बाटो देखाउन सक्नुपर्छ
। विद्यार्थीलाई क्रियाशील बनाई समस्या समाधान विधीबाट पठन पाठन गराउन पाठ्यक्रमले
जोड दिन्छ । विद्यार्थीमा सीप विकास, तार्किक विकास, प्रयोगात्मक कार्य, अनुसन्धान
र अन्वेषणमा पाठ्यक्रमले सघाव पुर्याउँछ ।
यसर्थ पाठ्यक्रम पूर्ण रुपमा प्रयोगात्मक सिद्धान्तमा आधारित हुन्छ ।
विगतका घटनाबाट पाठ सिक्दै, नागरिक कर्तव्य जगाउन, राजनीतिशास्त्र; संसारलाई
गणितिय हिसाबबाट बुझ्न, गणित; वस्तुका सापेक्षित ज्ञान लिन, साहित्य; जीवनलाफ
वैज्ञानिक बाटोमा लैजान विज्ञान र व्यवहारिक जीवनका लागि व्यवसयिक विषयहरु
पाठ्यक्रममा समावेश गरिएका हुन्छन् । समष्टिमा हेर्दा यथार्थवादले पाठ्यक्रमले
प्रकृतिक विषायहरुः भौतिकशास्त्र, रसायनशास्त्र, प्रणीशास्त्र, वनस्पतिशास्त्र र
अन्य विज्ञानका विषयहरु; सामाजिक विषयहरुः इतिहास, भूगोल, समाजशास्त्र,
मानवशास्त्र, नीतिशास्त्र र अन्य सामाजिक विषयहरु; र आत्म विज्ञानहरुः
दर्शनशास्त्र, मनोविज्ञान, साहित्य, धर्मशास्त्र, नीतिशास्त्र र अन्य सम्बन्धित
विषयहरुमा जोड दिएको पाइन्छ ।
यथार्थवाद
पाठ्यक्रमको अभ्यासको क्रममा अवलोकन, प्रयोग र परिक्षण विधिलाई प्रमुख मान्दछ ।
जुनसुकै विषयहरु पनि प्रयोगात्मक विधिद्वारा अभ्यास गराउनु पाठ्यक्रमको उद्देश्य
रहेको हुन्छ । आवश्यक्ता अनुसार वादविवाद, छलफल, व्याख्यान र समस्या समाधान
विधिलाई पनि विद्यार्थी क्रयाशील हुने गरी पाठ्यक्रमको अभ्यास गराइन्छ ।
प्रयोजनवादको पाठ्यक्रममा प्रभाव
प्रयोजनवादी
दार्शनिक John Dewey को "The Child and the Curriculum"
लेखबाट यस दर्शनको तार्किक रुपमा Dewey को
पाठ्यक्रमलाई सर्वोत्तम मानिन्छ । बालक समाजको अबोध प्राणी हो । समाजको मान्यता
माथिल्लो पुस्ताले चलाइरहेका हुन्छन् । बालक र पाठ्यक्रम दुवै स्वतन्त्र छन् ।
सिकाइ Interactive Process हो । Interaction
बाट विद्यार्थीमा अनुभवहरु
प्राप्त हुन्छन् । त्यसैले पाठ्यक्रमले अन्तरक्रिया तथा अनुभव गराउन सक्नुपर्छ । पाठ्यक्रमले समयको
बरवादीलाई बचाइ मानवीय अनुभवहरुलाई श्रृङ्खलाबद्ध रुपमा कायम गराउन पाठ्यक्रमले
सहयोग गर्दछ । जसरी एउटा नक्साको सडयोगमा यात्रीले गन्तव्यमा पुग्न सक्दछ त्यसै
गरी पाठ्यक्रमले बालकलाई लक्ष्यमा पुग्ने सूचना, क्रमिकता, तार्किक क्षमता र
अनुभवको रेखाङ्कन प्रदान गर्दछ ।
यसरी
हेर्दा प्रयोजनवादी पाठ्यक्रम वन्देज प्रकृतिक (Bandage
Nature) को तर स्वतन्त्र हुन्छ । पाठ्यक्रम व्यवहारिक र विद्यार्थी
केन्द्रित शैक्षिक प्रणाली अपनाउदै विभिन्न सिद्धान्त अँगालेको हुन्छ:
(क) उपयोगिताको
सिद्धान्तः यस सिद्धान्तमा बालकका जीवनमा उपयोगी हुने विषयहरु भाषा, स्वास्थ्य,
इतिहास, भूगोल, गणित, विज्ञान, कृषि आदि विषय पाठ्यक्रममा समावेश गरिनुपर्छ ।
(ख) संगठनको
सिद्धान्तः विद्यार्थीलाई दिइने सम्पूर्ण ज्ञानहरु सङ्गठित हुनुपर्छ । हरेक विषयका
ज्ञानहरु एक अर्कासँग अन्तर्सम्बन्धित हुनुपर्छ ।
(ग) रुचिको
सिद्धान्तः पाठ्यक्रम बालकको रुचीको आधारमा हुनुपर्छ, बालकले आफ्ना क्रियाकलापहरु
आफै निश्चित गर्ने र अन्तिम लक्ष्यमा पुग्ने कुराको निश्चितता पाठ्यक्रमले
गर्नुपर्दछ ।
(घ) व्यवसाय
तथा अनुभवको सिद्धान्तः शिक्षाले बालकमा व्यवसायिक सीपको विकास गर्न सहयोग
गर्नुपर्छ र जीवनका अनुभवहरु समेत शैक्षिक पाठ्यक्रमले समेटेको हुनुपर्छ । बालकलाई
किताबी ज्ञानमा मात्र सिमित नराखी सामाजिक कार्यमा संलग्न गराउने, बालकको नैतिक,
शैक्षिक र बौद्धिक विकास हुन सक्ने, अनुशासन कायम गराउन सक्ने र नागरिकका रुपमा
विकास गराउन सक्ने पाठ्यक्रम हुनुपर्दछ ।
Comments
Post a Comment