Skip to main content

3.2.4 Selection and Organization Learning Experiences (सिकाइ अनुभवहरूको छनोट र सङ्गठन)


     पाठ्यक्रम विकास गर्दा चौथो चरणमा पाठ्यक्रम निर्मताहरूले सिकाइ अनुभवहरूको छनोट गर्न पर्दछ । कतिपय पाठ्यक्रम विदहरूले सिकाइ अनुभवहरूलाई विषयवस्तुको रूपमा धारण गरेको देखिन्छ तर टेलर, टावा र हिवलरजस्ता पाठ्यक्रमविद्हरूले भने विषयवस्तर सिकाइ अनुभवलाई फरक फरक ढङ्गले व्याख्या गरेका छन् । तसर्थ सिकाइ अनुभव न त पाठ्यक्रममा समावेश गरिएको विषयवस्तुसँग सम्बन्धित छ न त शिक्षकले सम्पादन गर्ने क्रियाकलाप सँग नै समान छ। टेलरका अनुसार सिकाइ अनुभवले सिकारु र वातावरणको बाह्य अवस्था बिच अन्तरक्रियालाई सूचित गर्दछ जसमा उसले प्रतिक्रिया जनाउँछ
     अनुभवहरू विद्यार्थीहरूको सक्रीय सहभागितालाई सुनिश्चित गर्ने क्रियाकलापहरू हुन जसलाई योजना गरिएको पाठ्यक्रममा लेखन गरिएको हुनसक्छ र यस्ता क्रियाकलाप हरूले निर्धारित उद्देश्यहरू प्राप्त गर्नका लागि विद्यार्थीहरूलाई पर्याप्त सिकाइ अवसरहरू प्रदान गर्छन् । यस सवालमा टेलरले सिकारुको सक्रीय सहभागिताद्वारा मात्र सिकाइ हुन्छ भन्ने कुरालाई इङ्गित गर्न खोजेका छन् । यसको अर्थ सिकारुले जे गदर्छ त्यही सिक्छ तर शिक्षकल गरेका कुराहरू उसले सिक्दैन भन्नु हो
     उचित खालका सिकाइ अनुभवहरू प्रदान गर्न शिक्षकले त्यस्तो वातावरण अथवा परिस्थितिको रचना गर्नुपर्छ जसले विद्यार्थीहरूलाई अपेक्षित प्रतिक्रिया जनाउन उत्परारहत गरोस् । यस किसिमको वातावरण उपलब्ध गराउन सकेको खण्डमा विद्यार्थी व्यवहार निर्माण गर्न विभिन्न प्रतिक्रिया हरु जनाउँछ । यस किसिमले प्रतिक्रिया जना आशातीत उनीहरूमा अपेक्षित व्यवहार का विकास भइरहेको हुन्छ। यस सन्दर्भमा सिकाइ अनुभवहरु छनोट गर्न दोस्रो चरणमा निर्धारण गरिएका उद्देश्यहरूले महत्त्वपूर्ण आधार प्रदान गर्दछ तथापि उपयुक्त सिकाइ अनुभवहरूको छनोट गर्दा पाठ्यक्रम निर्माण हरूले अन्य सिद्धान्तहरूलाई पनि अनुशरण गर्नु पर्छ । टेलरद्वारा सिफारीस गरिएका सिकाइ अनुभव छनोटका सिद्धान्तहरूलाई निम्नानुसार चर्चा गरिएको छ :
1.  उद्देश्यले संकेत गरेको व्यवहारप्रति अभ्यास गर्ने सुअवसर प्रदान गरी विद्यार्थीलाई अनुभवहरू प्राप्त गर्न दिनुपर्दछ ।
2.  उद्देश्यले संकेत गरेको व्यवहारका प्राप्ति पछिको सिकाइ अनुभवले विद्यार्थी सन्तुष्ट भएकै हुनुपर्छ
3.  एउटै शैक्षिक उद्देश्य प्राप्तिका लागि धेरै सिकाइ अनुभवहरुको प्रयोग गर्न सकिन्छ
4.  एउटै सिकाइ अनुभवले प्रायः अलग अलग परिणामहरू दिन्छन्

Criteria for selection of learning experiences:
पाठ्यक्रम विद् ह्वीलर (Wheeler) ले सिकाइ अनुभव का छनोटका आधारहरू  निम्नानुसार बताएका छन्
क) वैधता (Validity)
     जब विद्यार्थीले कुनै कुरा सिक्दछन्, अनुभव गर्दछन् ती अनुभवहरू  ठ्यक्रमका उद्देश्यहरुसँग मिल्दा, प्रासंगिक र व्यावहारिक हुनुपर्दछ । एउटा निश्चित द्देश्यका लागि एउटै मात्र अनुभव/क्रियाकलाप हुनुपर्छ भन्ने छैन । आवश्यकता अनुसार विभिन्न अनुभव हरूलाई उद्देश्य प्राप्तिका लागि राख्न सकिन्छ । जति धेरै क्रियाकलापमा विद्यार्थीलाई संलग्न गर्न सकिन्छ त्यति नै अनुभव प्रामाणिक र वैध हने सम्भावना बढदछ । सिकाइ प्रभावकारी बनाउन अरथपूर्ण, प्रकारका सिकाइ क्रियाकलापहरुको छनोट गर्न सक्नुपर्दछ । यसले विद्यार्थीमा आर्जन हुने सिकाइ अनुभव वैध प्रभावकारी र अर्थपूर्ण हुने विश्वास गरिन्छ ।
ख) व्यापकता (Comprehensiveness)
     सिकाइ अनुभवको व्यापकताले यसको क्षेत्र भन्ने जनाउँछ ।  अर्थात् विद्यार्थीको सिकाइ अनुभव कुन क्षेत्रसम्म कति गहिराइ र कति चौडाइ) लाने भन्ने कुराले व्यापकता जनाउँछ । उदाहरणका लागि विद्यार्थीको शैक्षिक स्तर अनुसार ज्ञानात्मक, भावात्मक वा क्रियात्मक तहको उद्देश्य कुनै वा सबै राखेको हन सक्छ । पाठ्यक्रम विद्यार्थीला सूचना (Information), बौद्धिक सीप (Intellectual skill), सामाजिक सीप (Social skill), क्रियात्मक सीप (Motor skill), प्रवृत्ति हरू, विश्वास हरू, मूल्य र मान्यताहरू केही पनि सिकाउने लक्ष्य राखेको हुन सक्तछ। यसलाई सिकाइ अनुभवको व्यापकता भनिन्छ । अतः व्यापकताका आधारमा विद्यार्थीको सिकाइ अनुभवको छनोट गर्न सकिन्छ
ग) विविधता (Variety)
     यहाँ विविधता भनेको Multiple response हो । अर्थात् बहुप्रतिक्रिया सिकाइ अनुभवहरूमा आउने एक स्वाभाविक प्रक्रिया हो। उदाहरणका लागि विद्यार्थीका स्वास्थ्य सम्बन्धी ज्ञान र सीप प्राप्त गर्ने उद्देश्य राख्दा विद्यार्थी के स्वास्थ्य के क्षेत्र, उपकरणहरू, कार्यान्वयन विधिहरू, जनस्तरको स्वास्थ्य, स्वास्थ्य सम्बन्धी नीति-नियम-कानुन आदि विधि बारेमा अनुभवहरू प्राप्त गर्दछ। यसलाई सिकाइ अनुभवको विविधता भनिन्छ । विविधता एक किसिमको सिकाइको व्यापार हो। अतः यसप्रकारको सिकाइ विविधता के कारणले सिकाइ अनुभव को छनोटमा सहयोग पुग्दछ ।
घ) उपयुक्तता (Suitability)
     शिक्षण सिकाइमा उपयुक्तताले क्रमबद्धता, सान्दर्भिकता र मान्यता जनाउँछ । सिकाइ अनुभव क्रमबद्ध हुनुपर्दछ । क्रमबद्धता नभएको सिकाइलाई छरिएको वा अस्तब्यस्त भएको (Haphazard) सिकाइ भनिन्छ । यस्तो अस्तव्यस्त सिकाइले अनुभवको परिणाम/नतिजा दिन सक्दैन । सिकाइ उपयुक्तताका लागि यतिले मात्र पुग्दैन सान्दर्भिक पनि हुनुपर्छ । अर्थात् विद्यार्थी विभिन्न शैक्षिक स्तरका हुनसक्दछन् । त्यसैले विद्यार्थीको जानात्मक भावात्मक वा क्रियात्मक पक्षसँग सिकाइ अनुभव सम्बन्धित हन सक्नपर्दछ । अतः सिकाइ अनुभव यी पक्षहरूमा समेत उपयुक्त सम्बन्ध राख्न सक्ने हनपर्दछ
ङ) ढाँचा (Pattern)
     ढाँचा भनेको सिकाइको एक प्रकारको संरचना हो । विद्यालय आफ्नो विद्यालयका विद्याथीहरूको एक निश्चित प्रकारको सिकाइ अनुभवको ढाँचा अनुमान गरेका हुन्छ, निर्धारण गरेको हुन्छ विद्यालयहरूमा सिकिने सिकाइका ढाँचाहरूलाई समाजशास्त्रीहरूले आफ्नै ढाँचामा र प्रगतिवादीहरूले आफ्नै ढाँचामा गर्ने गरेको पाइन्छ  यी दुवै धारहरूका बीचमा रही सिकाइ अनुभवहरूलाई निम्न आधारहरूमा विश्लेषण गरी निश्चित ढाँचा दिनुपर्दछ भन्ने विद्वान् व्हीलर को मत रहेको छ। ती आधारहरू हुन्
१.    संतुलन (Balance)
२.    निरन्तरता (continuity)
३.    प्रयोगात्मक निरन्तरता (Practical continuity)
४.    संचय (Cumulation)
५.    अनुभवहरूको पुनरावृत्ति (Repetition of experiences)
६.    बहुसिकाइ (Multiple learning)
च) जीवनसँग सान्दर्भिक (Relevance to life)
     जीवनसँग सान्दर्भिक अनुभवहरु भन्नाले कार्यमूलक अनुभवहरु हुन् अर्थात्
विद्यार्थीले सिक्का सिक्का अनुभवहरूलाई उनीहरूले आफ्ना दैनिक जीवनमा आइपर्ने समाधान गर्न सक्नुपर्छ । सिकाइ अनुभवहरु बर्तमान र भविष्यका चरणहरुमा पनि उपयोगी हनुपर्छ ।
छ) योजनामा विद्यार्थी सहभागिता (Pupil participation in planning)
     सिकाइ अनुभवमा विद्यार्थी सहभागीता अति महत्वपुर्ण हुन्छ । विद्यार्थीलाई सहभागी बनाएर बनाइएका योजनाहरु असफल हुन सक्देनन् । पाठ्यक्रम निर्मांणको क्रममा विद्यार्थी सहभागी गराउँदा सूचनाको वास्तवीक तहसम्म पुग्न सकिन्छ ।

Comments

Popular posts from this blog

Taxonomy of Educational Objectives

शैक्षिक उद्देश्य को वर्गीकरण ले  सिकाइ सरलदेखि जटिल क्रममा अगाडि बढ्छ भन्ने मान्यता राख्दै विद्वान्हरूले ज्ञानका प्रत्येक क्षेत्रमा (संज्ञानात्मक, भावनात्मक र मनोक्रियात्मक) विभिन्न तहहरूलाई सरलदेखि जटिल क्रममा   प्रस्तुत गरेका छन् । यी विविध क्षेत्रहरूले सिकाइको थालनी कहाँबाट हुन्छ ? कुन क्रममा अगाडि बढ्छ ? र कहाँ गएर चिन्तन प्रक्रिया टुङ्गिन्छ ? भन्ने कुरालाई अत्यन्त सरल रूपमा प्रष्टाउने काम गरेका छन् । सिकाइलाई क्रमबद्ध बनाउँदै पाठ्यक्रमले आशा गरेका सिकाइ उपलब्धिहरूलाई ठिक समयमा प्राप्त गर्नका लागि पाठ्यक्रम निर्माताहरूले शैक्षिक उद्देश्यको वर्गीकरणलाई प्रयोगमा ल्याउनुपर्छ । उद्देश्यपूर्ण सिकाइका लागि पाठ्यक्रम विकास गर्दा र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा सरोकारवाला व्यक्तिहरूले यी उद्देश्यहरूको उचित ढङ्गले प्रयोग गर्नुपर्छ । यसका लागि उनीहरूलाई शैक्षिक उद्देश्यको वर्गीकरणका बारेमा स्पष्ट ज्ञान हुनुपर्छ । यही प्रयोजनका लागि उद्देश्यहरूका वर्गीकरण लाई निम्नानुसार प्रष्ट पारिएको छ : (i) Cognitive Domain (संज्ञानात्मक क्षेत्र)...

3. पाठ्यक्रम विकास (Curriculum Development)

3.1 Elements of Curriculum             पाठ्यक्रम तयार गर्दा प्रयोग गरिएका विभिन्न तत्त्वहरूलाई नै पाठ्यक्रम का तत्त्वहरू भनिन्छ। सामान्यतया कुनै पनि किसिमको पाठ्यक्रममा उद्देश्य, विषयवस्तु, शिक्षण विधि र   मूल्यांकन जस्ता चारवटा तत्त्वहरूको उपस्थिति रहन्छ। तथापि सबै प्रकारका पाठ्यक्रम यी तत्त्वहरूलाई समान ढङ्गले प्राथमिकता दिदैन । यसको अर्थ, एउटा विषय को पाठ्यक्रम विषयवस्तुलाई बढी प्राथमिकता दिएको हुन सक्छ भने अर्को विषयको पाठ्यक्रमले विषयवस्तुलाई भन्दा शिक्षण विधिलाई बढी महत्त्व दिएको हुन सक्छ। प्रिन्ट (Print) ले समग्र पाठ्यक्रम फरक र अन्तर्सम्बन्धित अंशहरूलाई नै पाठ्यक्रमका तत्त्वहरू रूपमा उल्लेख गरेका छन् । जसअन्तर्गत उद्देश्य, विषयवस्तु, सिकाइ अनुभव र मूल्याङ्कनजस्ता चारवटा तत्त्वहरू समावेश हुन्छन् । यसरी विषय केन्द्रित, सिकारु केन्द्रित र समस्या केन्द्रित कुनै पनि किसिमको पाठ्यक्रमका उद्देश्य, विषयवस्तु, सिलाई अनुभव र मूल्याङ्कन जस्ता चारवटा तत्त्वहरूको संलग्नता रहन्छ। त्यसैले सबै प्रकारका पाठ्यक्रममा रहने य...

2.2 Implications of Behaviorist, Cognitive and Constructive theory in Curriculum Development

सिकाइ सिद्धान्तहरुले पाठ्यक्रमको विकासमा उच्च मात्रमा प्रभाव पार्दछन् । सिकाइ सिद्धान्तले विशेषत॥ सिकाइ के हो ? सिकाइ कसरी हुन्छ ? सिकाइमा के कस्ता तत्त्वहरुले प्रभाव पार्दछन् ? सिकाइलाई सुनिश्चित गर्न पाठ्यक्रमलाई कसरी सङ्गठन गर्नुपर्छ ? परिवार र विद्यालयको संस्कृतिले सिकाइमा के कस्तो प्रभाव पार्दछ? सिकाइमा उत्प्रेरणाको भूमिका कस्तो रहन्छ ? पुनर्वलले सिकारुमा अपेक्षित व्यवहार निर्माण गर्न के कस्तो सघाउ पुर्याउँछ ? आदि प्रश्नहरुको जवाफ खोज्दै सिकारुको लागि एउटा सान्दर्भिक पाठ्यक्रम निर्माण गर्ने आधार प्रदान गर्दछन् । यसरी सिकाइ सिद्धान्तले पाठ्यक्रम विकासमा मात्र सहयोग नगरी पाठ्यक्रम निर्माण पश्चात प्रभावकारी रुपमा कार्यन्वयन गर्न पनि मद्दत गर्दछ । यी विविध कारणहरुले गर्दा सिकाइका सिद्धान्तले पठ्यक्रमको निर्माणमा महत्वपुर्ण प्रभाव पार्दछन् । 2.2.1   Influences of Behaviorist Learning Theory व्यवहारवादी सिकाइ सिद्धान्तले मानिसलाई विशिष्ट उद्दीपक (Stimuli) हरु प्रति जनाएका प्रतिक्रिया ( Responses )हरुको संयोजनको रुपमा व्याख्या गर्दछ । सिकारुले उसको वातातरणसँग अन्तरक्रिया ग्दा...