Skip to main content

Taxonomy of Educational Objectives


शैक्षिक उद्देश्य को वर्गीकरणले सिकाइ सरलदेखि जटिल क्रममा अगाडि बढ्छ भन्ने मान्यता राख्दै विद्वान्हरूले ज्ञानका प्रत्येक क्षेत्रमा (संज्ञानात्मक, भावनात्मक र मनोक्रियात्मक) विभिन्न तहहरूलाई सरलदेखि जटिल क्रममा प्रस्तुत गरेका छन् ।
यी विविध क्षेत्रहरूले सिकाइको थालनी कहाँबाट हुन्छ ? कुन क्रममा अगाडि बढ्छ ? र कहाँ गएर चिन्तन प्रक्रिया टुङ्गिन्छ ? भन्ने कुरालाई अत्यन्त सरल रूपमा प्रष्टाउने काम गरेका छन् । सिकाइलाई क्रमबद्ध बनाउँदै पाठ्यक्रमले आशा गरेका सिकाइ उपलब्धिहरूलाई ठिक समयमा प्राप्त गर्नका लागि पाठ्यक्रम निर्माताहरूले शैक्षिक उद्देश्यको वर्गीकरणलाई प्रयोगमा ल्याउनुपर्छ ।
उद्देश्यपूर्ण सिकाइका लागि पाठ्यक्रम विकास गर्दा र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा सरोकारवाला व्यक्तिहरूले यी उद्देश्यहरूको उचित ढङ्गले प्रयोग गर्नुपर्छ । यसका लागि उनीहरूलाई शैक्षिक उद्देश्यको वर्गीकरणका बारेमा स्पष्ट ज्ञान हुनुपर्छ । यही प्रयोजनका लागि उद्देश्यहरूका वर्गीकरण लाई निम्नानुसार प्रष्ट पारिएको छ :

(i) Cognitive Domain (संज्ञानात्मक क्षेत्र)

ब्लुम र उनका साथीहरूले शैक्षिक उद्देश्य हरुलाई संज्ञानात्मक (cognitive) संज्ञानात्मक क्षेत्रको विकास Benjamin S. Bloom को नेतृत्वमा सन् १९५६ मा भएको हो । संज्ञानात्मक क्षेत्र अन्तर्गत ज्ञान, वोध र चिन्तन सीपहरू जस्ता बौद्धिक उपलब्धि (intellectual outcomes) लाई प्रतिनिधित्व गर्ने उद्देश्यहरूलाई समावेश गरिन्छ । बेन्जामिन एस. ब्लुमको अगुवाईमा विकास गरिएको यस क्षेत्रलाई सरल देख जटिल क्रममा छ वटा तहमा विभाजन गरिएको छ:

क) Knowledge (ज्ञान): ज्ञानलाई संज्ञानात्मक क्षेत्रको सबैभन्दा तल्लो तह (lowest level of learning)का रूपमा लिइन्छ । विशेषतः सिकारुले पहिले सिकेका पाठ्यवस्तुलाई आवश्यक परेको समय जस्ताको तस्तै पहिचान (recognition) अथवा पुनः स्मरण (recall) गर्नुलाई नै ज्ञान भनिन्छ । यस तहका उद्देश्यहरूलाई उदाहरणका रूपमा निम्नानुसार उल्लेख गरिएको छ :
नेपाल को राजधानी का नाम भन्न ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म मिति बताउन ।

ख) Comprehension (बोध): बोध तहमा सिकारुले कुनै पनि माध्यमबाट सिकेका सामग्रीहरूको वास्तविक अर्थ ग्रहण गर्दछ । विशेषतः एउटा भाषामा सिकेका सामग्रीहरूलाई अर्को भाषामा अनुवाद गर्ने कुनै व्यक्ति, वस्तु तथा घटनालाई उस्तै अर्थ दिने गरी आफ्नै शब्दमा व्याख्या गर्ने; दिइएको अनुच्छेदको भाव नविग्रने गरी संक्षेपीकरण गर्ने र दिइएको तथ्याङ्क तथा घटनाक्रमको आधारमा भविष्यवाणी गर्ने जस्ता व्यवहारलाई प्रतिनिधित्व गर्ने खालका उद्देश्यहरूलाई बोध तह अन्तर्गत समावेश गरिन्छ। यी विविध कारणले गर्दा यस तहलाई बुझाइको तल्लो तह (lowest level of understanding) का रूपमा लिइन्छ । यस तहमा समावेश हुने उद्देश्यहरूलाई उदाहरणको रूपमा निम्नानुसार उल्लेख गरिएको छ :
नेपालको राष्ट्रिय जनावरलाई आफ्नै शब्दमा व्याख्या गर्न।
- पाठमा दिइएको अनुच्छेदका सारांश लेख्न।

ग) Application (प्रयोग): एउटा परिवेशमा सिकेको ज्ञानलाइ अर्को परिवेशमा देखिएका समस्या समाधानका लागि उपयोग गर्नुलाई नै प्रयोग भनिन्छ । यस तहमा समावेश हुने केही उद्देश्यहरूलाई उदाहरण को रूपमा निम्नानुसार उल्लेख गरिएको छ :
विदेशमा बसेको आफन्तलाई चिठी लेख्न।
दिइएको गणितीय समस्यालाई उचित सुत्र छनोट गरी समाधान गर्न ।

(d)  Analysis (विश्लेषण): कुनै सामग्रीलाई विभिन्न अंशमा टुक्राउने क्षमतालाई विश्लेषण तह अन्तर्गत समावेश गरिन्छ । विशेषतः कुनै सामग्रीमा निहित विभिन्न तत्वहरुको पहिचान गर्ने, ती तत्त्वहरूबीच रहेको सम्बन्धको विश्लेषण गर्ने र कुन सिद्धान्तका आधारमा ती तत्त्वहरू सङगठीत छन् पत्ता लगाउने जस्ता व्यवहारहरू विश्लेषण तह अन्तर्गत पर्दछन् ।  यस तह अन्तर्गत समावेश हुने केही उद्देश्यहरूलाई उदाहरणका रूपमा निम्नानुसार उल्लेख गरिएको छ
मापन र मूल्यांकन बिच भिन्नता छुट्टाउन।
पाठ्यक्रम का विभिन्न तत्त्वहरू बीचको सम्बन्ध विश्लेषण गर्न।

ङ) Synthesis (संश्लेषण): कुनै नयाँ सामग्री रचना गर्नका लागि विभिन्न अंशहरूलाई संयोजन गर्नु नै संश्लेषण हो ।  विशेषतः नयाँ खालको सञ्चार (सार, भाषण आदि) उत्पादन गर्ने, नयाँ किसिमका योजनाहरू निर्माण गर्ने, पृथक खालका सिद्धान्तहरू रचना गर्ने आदि व्यवहारहरूलाई यस तह अन्तर्गत समावेश गरिन्छ । संश्लेषण तहमा समावेश हुने केही उद्देश्यहरूलाई उदाहरणको रूपमा निम्नानुसार उल्लेख गरिएको छ :
नयाँ किसिमका कविताहरू रचना गर्न ।
सन्दर्भ सुहाँउदो नीति तथा कार्यक्रम तर्जुमा गर्न ।

च) Evaluation (मूल्याङ्कन): तोकिएको उद्देश्यका आधारमा कुनै सामग्रीको महत्त्वको लेखाजोखा गर्ने कार्यलाई मूल्यांकन अन्तर्गत समावेश गरिन्छ । विशेषतः यस तह अन्तर्गत कुनै सामग्रीलाइ आन्तरिक र बाह्य आधारहरू (criteria)को उपयोग गरी मूल्यांकन गरिन्छ । आन्तरिक आधारलाई उपयोग गरी कुनै सामग्रीका मूल्यांकन गर्दा त्यसको सङ्गठनात्मक स्वरूपलाई ध्यान दिइन्छ भने बाह्य आधारहरूको उपयोग गरी मूल्यांकन गर्दा सम्बन्धित सामग्रीको निर्माण गर्नुको उद्देश्यलाई ध्यान दिइन्छ । यस तहमा समावेश हुने उद्देश्यहरूलाई उदाहरणको रूपमा निम्नानुसार उल्लेख गरिएको छ :
निर्माणात्मक मूल्यांकन गुण र दोषहरूको सूची बनाउन।
- कम्प्युटरका उपादेयता उल्लेख गर्न ।

(i) Affective Domain (भावनात्मक क्षेत्र)

भावनात्मक क्षेत्रको विकास David R. Krathwohl को नेतृत्वमा गठित एउटा समहले सन् १९६४ मा गरेको हो । भावनात्मक क्षेत्र अन्तर्गत त्यस्ता उद्देश्यहरूलाई समावेश गरिन्छ जसले सिकारुको रुचि, अनुभूति, संवेग, प्रवृत्ति, लगाव जस्ता कुराहरूलाई महत्त्व दिन्छन् । यस क्षेत्रका उद्देश्यहरूले भावनात्मक कुराहरूलाई समेट्ने भएकाले अन्य क्षेत्रहरूका तुलनामा यस क्षेत्रमा चर्चा गरिने सामग्रीहरू अमर्त किसिमका हुन्छन् । डेभिड आर. क्राथोलको नेतृत्वमा गठित समितिले यस क्षेत्रलाई पाँचवटा तह वर्गीकरण गरेको छ :

क) Receiving (प्राप्त गर्न): यो भावनात्मक क्षेत्रको सबैभन्दा तल्लो र सरल तह हो । विशेषतः कुनै घटना वा उद्दीपक प्रति चासो देखाउनुलाई नै प्राप्त गर्नु भनिन्छ । तहमा समावेश हुने केही उद्देश्यहरूलाई उदाहरण को रूपमा निम्नानुसार उल्लेख गरिएको छ :
कक्षाकोठामा शिक्षकले भनेका कुरा ध्यान दिएर सुन।
जातीय र सांस्कृतिक विविधता लाई स्वीकार गर्न ।

ख) Responding (प्रतिक्रिया जनाउनु): कुनै क्रियाकलाप सम्पन्न गर्न सिकारु 
सक्रिय रूपमा सहभागी हुन्छ भने त्यस किसिमको व्यवहारलाई प्रतिक्रिया जनाउनु भनिन्छ । यस तहमा सिकारुले कुनै उद्दीपक (stimulus) प्राप्त गर्ने इच्छा मात्र नदेखाएर उक्त उद्दीपकप्रति सक्रिय रूपमा प्रतिक्रिया देखाउँछ । यस तहमा समावेश हुने उद्देश्यहरूलाई उदाहरण को रूपमा निम्नानुसार उल्लेख गरिएको छ :
विद्यालयले तोकेका नीतिनियमलाई पालना गर्न।
शिक्षकले दिएको गृहकार्य पूरा गर्न।

ग) Valuing (मान्यता दिनु):  कुनै व्यक्ति, वस्तु, घटना अथवा व्यवहार प्रति सिकारुले जोडेको महत्त्वलाई नै मान्यता दिनु भनिन्छ । यस्ता विविध खालका उद्दीपकप्रति व्यक्तिले सकारात्मक अथवा नकारात्मक कुनै पनि किसिमको मूल्य जोडेको हुन्छ । सिकारुले जुन किसिमका मूल्यहरूलाई आन्तरीकरण (internalization) गरेको छ त्यसैको आधारमा उसको प्रवृत्ति निर्धारण हुन्छ । यस तहमा समावेश गरिने उद्देश्यहरूलाई उदाहरणका रूपमा निम्नानुसार उल्लेख गरिएको छ :
असहायहरूलाई सहयोग गर्ने कार्यमा चासो देखाउन।
दैनिक जीवनमा विज्ञान र प्रविधिको भूमिका की प्रशंसा गर्न ।

घ) Organization (सङ्गठन गर्नु): विभिन्न मूल्यहरूलाई व्यवस्थित ढंगले एकिकरण गरी आन्तरिक रूपमा स्थिर मूल्य प्रणाली का विकास गर्ने कार्यलाई संगठन गर्नु भनिन्छ । यस तहसँग सम्बन्धित उद्देश्यहरूलाई उदाहरणको रूपमा निम्नानुसार उल्लेख गरिएको छ :
- आफूले प्रदर्शन गरेका व्यवहारको जिम्मेवारी लिन।
आफ्नो क्षमता, रुचि र विश्वासको आधारमा जीवनको योजना बनाउन।

ङ) Characterization (चारित्रीकरण): यो भावनात्मक क्षेत्रको उच्च तह हो। यस तहमा सिकारुले पहिले नै निर्माण गरेको मूल्य प्रणालीले उसको व्यवहारलाई नियन्त्रण गरेको हुन्छ । जसले गर्दा सिकारुको व्यवहार स्थर र भविष्यवाणी गर्न सकिने हुन्छ । यस तहमा सिकारुले सङ्गठन गरेका मूल्यहरूलाई चरित्रको रूपमा प्रदर्शन गर्ने भएकाले सिकारुको चरित्रलाई उसको व्यवहारको आधारमा व्याख्या गर्न सकिन्छ । यस तहमा समावेश हुने उद्देश्यहरूलाई उदाहरणका रूपमा निम्नानुसार जानकारी गराइएको छ :
सक्रिय रूपमा संलग्न भई अपाङ्ग हरु लाई सहयोग गर्न ।
सामाजिक समस्या समाधान गर्ने कार्यमा नेतृत्व लिन।

(iii) Psychomotor Domain (मनोक्रियात्मक क्षेत्र)

मनोक्रियात्मक क्षेत्रको विकास E.J. SimpsonAnita Harrow को नेतृत्वमा सन १९७२ मा भएको हो । मनोक्रियात्मक क्षेत्र अन्तर्गत हस्तलेखन, टंकण (typing), खेलकुद र यन्त्रपरिचालन जस्ता क्रियात्मक सीपहरूसँग सरोकार राख्दछन् । विशेषतः विद्यार्थीहरूले शारीरिक र मानसिक अङ्गहरूको समन्वयद्वारा वातावरणको कुनै पनि क्षेत्रमा सम्पादन गरिने क्रियाकलापहरूलाई प्रतिनिधित्व गर्ने सम्पूर्ण उद्देश्यहरूलाई यस क्षेत्र अन्तर्गत समावेश गरिन्छ । EJ Simpson र उनका साथीहरूले मनोक्रियात्मक क्षेत्रलाई सातवटा तहहरू सरलदेखि जटिल क्रममा सङ्गठीत छन्:

क) Perception (प्रत्यक्षीकरण): प्रत्यक्षीकरण मनोक्रियात्मक क्षेत्रको सबैभन्दा तल्लो र सरल तह हो । कुनै कार्य सम्पादन गर्नका लागि चेतनशील अङ्गहरूले शारीरिक अङ्गहरूलाई बाटो देखाउनुलाई प्रत्यक्षिकरण भनिन्छ । यस तहमा सिकारुले उपलब्ध परिस्थितिलाई समग्रमा बुझ्ने, कनै कार्य सम्पन्न गर्नका लागि उचित विकल्पको छनोट गर्ने र प्रत्यक्षीकरणद्वारा प्राप्त भएका सङ्कतहरू (cuessसम्पादन गर्नुपर्ने कार्यसँग जोड्ने काम गर्दछ । यस तहमा समावेश हुने उद्देश्यहरु उदाहरणका रूपमा निम्नानुसार उल्लेख गरिएको छ :
- बजाइएको संगीत अनुसार नाचका उचित चरणहरू छनोट गर्न ।
- मेशिनको आवाजद्वारा यसको गलत कार्य पहिचान गर्न ।

ख)  Set (तयारी); कुनै क्रियाकलाप सम्पादन गर्न तत्परमा देखाउनुलाई तयारी भनिन्छ । अन्तर्गत विशेषतः मानसिक तत्परता (mental readiness) शारीरिक तत्पर (physical readiness) र संवेगात्मक तत्परता (emotional readiness) समावेश हुन्छन् । कुनै कार्य सम्पादन गर्नका लागि शारीरिक रूपमा परिपक्व मानसिक रूपमा तयार हुनु र संवेगात्मक रूपमा इच्छुक हुनुलाई तयारी भनिन्छ । यस तह अन्तर्गत निम्न खालका उद्देश्यहरू समावेश हुन्छन् । :
- टाइपिङ गर्ने इच्छा देखाउन ।
- भलिबल खेल्नको लागि तत्पर हुन।

ग)  Guided response (निर्देशित प्रतिक्रिया): निर्देशित प्रतिक्रिया जटिल सिप सिकाइका लागि प्रारम्भिक चरण हो । सामान्यतया कुनै सीप सिक्नका लागि निर्देशन मान्नुलाई निर्देशीत प्रतिक्रिया भनिन्छ । यस तहमा कुनै सीप सिक्नका लागि सिकारुले शिक्षकले प्रदर्शन गरेका व्यवहारलाई जस्ताको तस्तै नक्कल गर्ने अथवा दिइएको निर्देशनलाई पालन गर्ने काम गर्दछ । अपेक्षित सिप सिकाइका लागि प्रयत्न र भूल (trial and error) को माध्यमबाट सिकारुले आफ्ना व्यवहारमा सुधार गर्दै जान्छ । यस तहमा समावेश हुने उद्देश्यहरूलाई उदाहरणको रूपमा निम्नानुसार उल्लेख गरिएको छ ।
- शिक्षक निर्देश अनुसार सूक्ष्मदर्शक यन्त्र चलाउन।
- शिक्षकले भने बमोजिम पेनाल्टी बल हान्न।

घ) Mechanism (यान्त्रीकरण): सरल प्रकृतिका सिपमूलक कार्यहरूलाई कुनै त्रुटि बिना यन्त्रले जस्तै गरी सम्पादन गर्न सक्नुलाई यान्त्रीकरण भनिन्छ । यस तहमा सिकंका सीपहरू आदतको रूपमा विकास हुने भएकोले सिकारुले सम्बन्धित सीपहरूलाई आत्मविश्वासका साथ सम्पादन गर्न सक्दछ । तथापि उसले कनै कार्य सम्पादन गर्ने गति मन्द हुन सक्छ र काम सम्पादन गर्ने क्रममा सहजता नहन सक्छ । तथापि सीपमुलक कार्य सम्पादन गर्ने क्रममा शिक्षकको निर्देशनको जरुरत हुँदैन । यस तहमा निम्न खालका उद्देश्यहरू समावेश गरिन्छ :
 -  दिइएका शब्दहरू विना गल्ती टङ्कन (type) गर्न।
-  निर्देशन विना नै सही ढङ्गले भलिबल सर्भिस गर्न ।

(ङ)  Complex overt response (जटिल कार्यको प्रतिक्रिया): जटिल खालका सीपमूलक कार्यहरूलाई विना निर्देशन, विना गलती पूर्ण आत्मविश्वास का साथ, तिव्र गतिमा सम्पादन गर्नुलाई जटिल कार्यको प्रतिक्रिया भनिन्छ । यस तहमा सिकारुले कुनै सिपमूलक कार्य सम्पादन गर्दा तीव्र गतिमा सहज तरिकाले, थोरै बल लगाएर, पूर्ण शुद्धताका साथ सम्पादन गर्न सक्छ । सामान्य यस तहमा निम्न खालका उद्देश्यहरू समावेश हुन्छन् :
-  बजाइएको संगीत अनुसार जटिल नाचका चरणहरूलाई शुद्धसँग प्रदर्शन गर्न ।
-  वगिरहेको खोलामा आत्मविश्वासका साथ पौडी खेल्न।

च) Adaptation (समायोजन): पहिले सिक्का सीपमूलक व्यवहार हरूलाई आवश्यकता अनुसार उपयोग गरी कुनै परिस्थितिमा मिल्न सक्नुलाई समायोजन भनिन्छ । यस तह अन्तर्गत समावेश हुने उद्देश्यहरूलाई निम्नानुसार उल्लेख गरिएको छ :
-  पानीका बहाव अनुसार पौडी खेल्न।
-  बाटोको मोड अनुसार साइकल चलाना ।

छ) Origination (मौलिकपन): यो मनोक्रियात्मक क्षेत्रको उच्च र सबैभन्दा जटिल तह हो। विशेषतः सीपका नयाँ नयाँ ढाँचाहरू तयार पारी निश्चित परिवेशमा समायोजन हुन सक्नुलाई मौलिकपन भनिन्छ ।  यस तहमा सिकारुले उच्च स्तरको सिपलाई उपयोग गरी विभिन्न रचनात्मक व्यवहार हरू प्रदर्शन गर्छ ।  सामान्यतया यस तह अन्तर्गत निम्न कालका उद्देश्यहरू समावेश हुन्छन् :
नाचका नयाँ चरणहरू तयार गर्न ।
नयाँ खालका पोशाकहरू तयार पार्न ।



Comments

Popular posts from this blog

3. पाठ्यक्रम विकास (Curriculum Development)

3.1 Elements of Curriculum             पाठ्यक्रम तयार गर्दा प्रयोग गरिएका विभिन्न तत्त्वहरूलाई नै पाठ्यक्रम का तत्त्वहरू भनिन्छ। सामान्यतया कुनै पनि किसिमको पाठ्यक्रममा उद्देश्य, विषयवस्तु, शिक्षण विधि र   मूल्यांकन जस्ता चारवटा तत्त्वहरूको उपस्थिति रहन्छ। तथापि सबै प्रकारका पाठ्यक्रम यी तत्त्वहरूलाई समान ढङ्गले प्राथमिकता दिदैन । यसको अर्थ, एउटा विषय को पाठ्यक्रम विषयवस्तुलाई बढी प्राथमिकता दिएको हुन सक्छ भने अर्को विषयको पाठ्यक्रमले विषयवस्तुलाई भन्दा शिक्षण विधिलाई बढी महत्त्व दिएको हुन सक्छ। प्रिन्ट (Print) ले समग्र पाठ्यक्रम फरक र अन्तर्सम्बन्धित अंशहरूलाई नै पाठ्यक्रमका तत्त्वहरू रूपमा उल्लेख गरेका छन् । जसअन्तर्गत उद्देश्य, विषयवस्तु, सिकाइ अनुभव र मूल्याङ्कनजस्ता चारवटा तत्त्वहरू समावेश हुन्छन् । यसरी विषय केन्द्रित, सिकारु केन्द्रित र समस्या केन्द्रित कुनै पनि किसिमको पाठ्यक्रमका उद्देश्य, विषयवस्तु, सिलाई अनुभव र मूल्याङ्कन जस्ता चारवटा तत्त्वहरूको संलग्नता रहन्छ। त्यसैले सबै प्रकारका पाठ्यक्रममा रहने य...

2.2 Implications of Behaviorist, Cognitive and Constructive theory in Curriculum Development

सिकाइ सिद्धान्तहरुले पाठ्यक्रमको विकासमा उच्च मात्रमा प्रभाव पार्दछन् । सिकाइ सिद्धान्तले विशेषत॥ सिकाइ के हो ? सिकाइ कसरी हुन्छ ? सिकाइमा के कस्ता तत्त्वहरुले प्रभाव पार्दछन् ? सिकाइलाई सुनिश्चित गर्न पाठ्यक्रमलाई कसरी सङ्गठन गर्नुपर्छ ? परिवार र विद्यालयको संस्कृतिले सिकाइमा के कस्तो प्रभाव पार्दछ? सिकाइमा उत्प्रेरणाको भूमिका कस्तो रहन्छ ? पुनर्वलले सिकारुमा अपेक्षित व्यवहार निर्माण गर्न के कस्तो सघाउ पुर्याउँछ ? आदि प्रश्नहरुको जवाफ खोज्दै सिकारुको लागि एउटा सान्दर्भिक पाठ्यक्रम निर्माण गर्ने आधार प्रदान गर्दछन् । यसरी सिकाइ सिद्धान्तले पाठ्यक्रम विकासमा मात्र सहयोग नगरी पाठ्यक्रम निर्माण पश्चात प्रभावकारी रुपमा कार्यन्वयन गर्न पनि मद्दत गर्दछ । यी विविध कारणहरुले गर्दा सिकाइका सिद्धान्तले पठ्यक्रमको निर्माणमा महत्वपुर्ण प्रभाव पार्दछन् । 2.2.1   Influences of Behaviorist Learning Theory व्यवहारवादी सिकाइ सिद्धान्तले मानिसलाई विशिष्ट उद्दीपक (Stimuli) हरु प्रति जनाएका प्रतिक्रिया ( Responses )हरुको संयोजनको रुपमा व्याख्या गर्दछ । सिकारुले उसको वातातरणसँग अन्तरक्रिया ग्दा...