शैक्षिक लक्ष्यहरू पाठ्यक्रम
निर्माताहरूको दार्शनिक झुकाव प्रतिविम्बित भएको हुन्छ । यसका अलावा लक्ष्यहरूका आधारमा निर्माण गरिएका उद्देश्यहरूको पनि एउटा
दार्शनिक आधार हुन्छ । यस्ता उद्देश्यहरूले विद्यालयमा सञ्चालन गरिने शैक्षणिक क्रियाकलापको
ढाँचा निर्धारणमा सघाउ पाउँछन् । वाइल बोर्डका अनुसार शैक्षिक योजनाका लक्ष्यहरू
मुख्यतया तिन वटा तहहरूमा देखिन्छन् । जसलाई
निम्नानुसार उल्लेख गरिएको छ :
पहिलो तहका
लक्ष्यहरू बढी बृहत् र दार्शनिक प्रकृतिका हुन्छन् जसलाई राष्ट्रिय र जिल्लास्तरमा
स्थापना भएका शैक्षिक परिषदहरू (educational council) निर्माण गर्दछन् । यस किसिमका लक्ष्यहरूलाई
एकपटक निर्माण गरिसकेपछि सामान्यतया
परिवर्तन र सुधार गरिराख्न आवश्यक हुँदैन ् ।
दोस्रो तहका लक्ष्यहरू सामान्य
प्रकृतिका नै हुने भएतापनि पहिलो तहका लक्ष्यहरू भन्दा विशिष्ट खालका हुन्छन् । यस किसिमका
लक्ष्यहरूलाई विद्यालय तथा विभाग (department)
स्तरमा निर्माण गरिन्छ । यस्ता लक्ष्यहरुले पहिलो तहमा निर्धारण गरिएका लक्ष्यहरू प्राप्त गर्नका लागि
आवश्यक पर्ने निश्चित प्रक्रियाका
रूपरेखा लाई प्रतिनिधित्व
गर्दछन् ।
तेस्रो तहका उद्देश्यहरू बढी
विशिष्ट प्रकृतिका हुन्छन् जसलाई विद्यार्थीका व्यावहारिक सिकाइ उपलब्धिका रूपमा उल्लेख गरिएको
हुन्छ । यस्ता उद्देश्यहरूले सिकाइ क्रियाकलापको
संरचना निर्धारण गर्न र आशातित उपलब्धि प्राप्त भए नभएको लेखाजोखा गर्न शिक्षकलाई मद्दत गर्दछन्
। यस किसिमका उद्देश्यहरू शिक्षकहरूको समूह
वा शिक्षक एक्लैले निर्माण गर्दछन् ।
अर्कोतर्फ व्यावहारिक उद्देश्यहरूले
भने सिकाइको क्रममा विद्यार्थीहरूले जे गर्छन त्यही कुरालाई इङ्गित गर्दछन् । यस्ता उद्देश्यहरू
मार्फत शिक्षक विद्यार्थीहरुबाट अपेक्षा गरिएको व्यवहारलाई स्पष्ट रूपमा व्याख्या
गर्दछन् । यसो गर्न सकेका खण्डमा विद्यार्थी हरुले उनीहरूबाट के अपेक्षा गरिएको छ सो
कुराको बारेमा जानकारी प्राप्त गर्न सक्छन् । संगसंगै यस्ता उद्देश्यहरूले शिक्षकलाई पनि
उनीहरूले सम्पन्न गरेका कार्यको प्रभावकारीता नापन गर्ने सहज बनाउँछ । व्यावहारिक उद्देश्यमा
मुख्यतया निम्नलिखित विशेषताहरू हुनुपर्छ:
-
व्यावहारिक उद्देश्यले अपेक्षित व्यवहार
लाई अवलोकनीय (observable) रूपमा उल्लेख
गरेको हुनुपर्छ।
-
उद्देश्यले अपेक्षित व्यवहार देखिने
अवस्था (condition)लाई स्पष्ट रूपमा व्याख्या
गरेको हुनुपर्छ।
-
व्यावहारिक उद्देश्यले स्वीकार गर्न
सकिने कार्यक्षमताको आधार (criteria) लाई
तयार गरेको हुनुपर्छ।
यहाँ उल्लेखित
कुराहरूका अतिरिक्त A, B. C, D नियमलाई उपयोग गरी ब्यावरिक उद्देश्यहरू निर्माण गर्न सकिन्छ ।
यहाँ A ले स्रोता (audience) लाई सूचित गदछ व्यवहार (behaviour)लाई इङ्गित गर्छ
। त्यसैगरी C ले अवस्था (condition) लाई सङ्केत
गर्दछ भने D ले मात्रा (degree) लाई सूचित
गर्छ। यस्ता तत्त्वहरू भए व्यावहारिक
उद्देश्यलाई पूर्ण मानिन्छ। यस्ता पूर्व सर्तहरू कुरा गरेको व्यावहारिक उद्देश्यलाई
उदाहरण का रूपमा यस ढंगले उल्लेख गर्न सकिन्छ : "यस पाठक अन्त्य विद्यार्थीहरूले शत प्रतिशत शुद्धता के साथ
सामान्य वर्तमान पक्षाको
संरचना भन्न
सक्ने छन् ।" यहाँ उल्लेखित उद्देश्यले अवस्था, स्रोत,
मात्रा र व्यवहार लाई क्रमबद्ध रूपमा प्रतिनिधित्व गरेको छ जसलाई तल प्रष्ट पारिएको छ :
यस पाठकों अन्त्यमा
(condition ),
विद्यार्थीहरुलाई
(audience),
शत प्रतिशत शुद्धताका साथ
(degree),
सामान्य
वर्तमान पक्षाको संरचना भन्न सक्ने छ (behaviour)।
यसरी साधारण
उद्देश्यको रूपमा उल्लेख गरिएका लक्ष्य र ध्येयहरूलाई अव्यावहारिक उद्देश्यहरूको रुपमा लिइन्छ भने विशिष्ट
रूपमा उल्लेख गरिएका
उद्देश्यहरूलाई व्यावहारिक उद्देश्यहरूका
रूपमा लिइन्छ। यी दुई किसिमका उद्देश्यहरू भिन्नता लाई निम्नानुसार चर्चा गरिएको छ ।
|
फरक
छुट्याउने आधारहरु
|
Non
- behavioural objectives
|
Behavioural objectives
|
|
निर्माणका
आधार
|
व्यावहारिक
प्रकृतिका साधारण उद्देश्यहरू
सिकारु, समाज,विषय विज्ञ, सिकारुको मनोविज्ञान र दर्शन जस्ता स्रोतहरू को गहन विश्लेषण गरी निर्माण गरिन्छ।
|
व्यावहारिक
उद्देश्यहरू निर्धारण
गर्दा साधारण रूपमा अव्यावहारिक उद्देश्यहरूलाई प्रमुख आधार मानिन्छ
|
|
क्षेत्र
|
व्यापक
हुन्छ।
|
संकुचित हुन्छ।
|
|
समय
|
लामो समय
खर्चनु पर्छ
|
छोटो समयमा नै प्राप्त गर्न सकिन्छ।
|
|
मापन
|
मापन गर्न
कठिन हुन्छ।
|
सजिलै मापन गर्न सकिन्छ।
|
|
संख्या
|
न्युन
हुन्छ
|
उद्देश्यहरुको
सङ्ख्या अव्यावहारिक तुलनामा थोरै हुन्छ।
|
|
संलग्न व्यक्तिहरू
|
निर्माण
गर्दा विभिन्न क्षेत्रका व्यक्तिहरूको संलग्नता रहन्छ।
|
शिक्षक
संलग्नता रहन्छ।
|
|
भाषा
|
अप्राविधिक
भाषा
|
प्राविधिक
भाषा
|
|
उदाहरण
|
सिकारुको
सर्वांगीण विकास गर्नु
|
पाठ्यक्रम
र पाठ्यांशको
बीचमा भिन्नता छुट्याउने
|
Comments
Post a Comment