Skip to main content

Types of Educational Objectives


    शैक्षिक लक्ष्यहरू पाठ्यक्रम निर्माताहरूको दार्शनिक झुकाव प्रतिविम्बित भएको हुन्छ । यसका अलावा लक्ष्यहरूका धारमा निर्माण गरिएका उद्देश्यहरूको पनि एउटा दार्शनिक आधार हुन्छ । यस्ता उद्देश्यहरूले विद्यालयमा सञ्चालन गरिने शैक्षणिक क्रियाकलापको ढाँचा निर्धारणमा सघाउ पाउँछन् । वाइल बोर्डकअनुसार शैक्षिक योजनाका लक्ष्यहरू मुख्यतया तिन वटा तहहरूमा देखिन्छन् । जसलाई निम्नानुसार उल्लेख गरिएको छ :
पहिलो तहका लक्ष्यहरू बढी बृहत् र दार्शनिक प्रकृतिका हुन्छन् जसलाई राष्ट्रिय र  जिल्लास्तरमा स्थापना भएका शैक्षिक परिषदहरू (educational council) निर्माण गर्दछन् । यस किसिमका लक्ष्यहरूलाई एकपटक निर्माण गरिसकेपछि सामान्यतया परिवर्तन र सुधार गरिराख्न आवश्यक हुँदैन ् ।
दोस्रो तहका लक्ष्यहरू सामान्य प्रकृतिका नै हुने भएतापनि पहिलो तहका लक्ष्यहरू भन्दा विशिष्ट खालका हुन्छन् । यस किसिमका लक्ष्यहरूलाई विद्यालय तथा विभाग (department) स्तरमा निर्माण गरिन्छ । यस्ता लक्ष्यहरुले पहिलो तहमा निर्धारण गरिएका लक्ष्यहरू प्राप्त गर्नका लागि आवश्यक पर्ने निश्चित प्रक्रियाका रूपरेखा लाई प्रतिनिधित्व गर्दछन्
तेस्रो तहका उद्देश्यहरू बढी विशिष्ट प्रकृतिका हुन्छन् जसलाई विद्यार्थीका व्यावहारिक सिकाइ उपलब्धिका रूपमा उल्लेख गरिएको हुन्छ । यस्ता उद्देश्यहरूले सिकाइ क्रियाकलापको संरचना निर्धारण गर्न र आशातित उपलब्धि प्राप्त भए नभएको लेखाजोखा गर्न शिक्षकलाई मद्दत गर्दछन् । यस किसिमका उद्देश्यहरू शिक्षकहरूको समूह वा शिक्षक एक्लैले निर्माण गर्दछन्
अर्कोतर्फ व्यावहारिक उद्देश्यहरूले भने सिकाइको क्रममा विद्यार्थीहरूले जे गर्छन त्यही कुरालाई इङ्गित गर्दछन् । यस्ता उद्देश्यहरू मार्फत शिक्षक विद्यार्थीहरुबाट अपेक्षा गरिएको व्यवहारलाई स्पष्ट रूपमा व्याख्या गर्दछन् । यसो गर्न सकेका खण्डमा विद्यार्थी हरुले उनीहरूबाट के अपेक्षा गरिएको छ सो कुराको बारेमा जानकारी प्राप्त गर्न सक्छन् । संगसंगयस्ता उद्देश्यहरूले शिक्षकलाई पनि उनीहरूले सम्पन्न गरेका कार्यको प्रभावकारीता नापन गर्ने सहज बनाउँछ । व्यावहारिक उद्देश्यमा मुख्यतया निम्नलिखित विशेषताहरू हुनुपर्छ:
-         व्यावहारिक उद्देश्यले अपेक्षित व्यवहार लाई अवलोकनीय (observable) रूपमा उल्लेख गरेको हुनुपर्छ।
-         उद्देश्यले अपेक्षित व्यवहार देखिने अवस्था (condition)लाई स्पष्ट रूपमा व्याख्या गरेको हुनुपर्छ।
-         व्यावहारिक उद्देश्यले स्वीकार गर्न सकिने कार्यक्षमताको आधार (criteria) लाई तयार गरेको हुनुपर्छ।

यहाँ उल्लेखित कुराहरूका अतिरिक्त A, B. C, D नियमलाई उपयोग गरी ब्यावरिक उद्देश्यहरू निर्माण गर्न सकिन्छ । यहाँ A ले स्रोता (audience) लाई सूचित गदछ व्यवहार (behaviour)लाई इङ्गित गर्छ । त्यसैगरी C ले अवस्था (condition) लाई सङ्केत गर्दछ भने D मात्रा (degree) लाई सूचित गर्छ। यस्ता तत्त्वहरू भए व्यावहारिक उद्देश्यलाई पूर्ण मानिन्छ। यस्ता पूर्व सर्तहरू कुरा गरेको व्यावहारिक उद्देश्यलाई उदाहरण का रूपमा यस ढंगले उल्लेख गर्न सकिन्छ : "यस पाठक अन्त्य विद्यार्थीहरूले शत प्रतिशत शुद्धता के साथ सामान्य वर्तमान पक्षाको संरचना  भन्न सक्ने छन् ।" यहाँ उल्लेखित उद्देश्यले अवस्था, स्रोत, मात्रा र व्यवहार लाई क्रमबद्ध रूपमा प्रतिनिधित्व गरेको छ जसला तल प्रष्ट पारिएको छ :
यस पाठकों अन्त्यमा (condition ),
विद्यार्थीहरुलाई (audience),
शत प्रतिशत शुद्धताका साथ (degree),
सामान्य वर्तमान पक्षाको संरचना भन्न सक्ने छ (behaviour)।

यसरी साधारण उद्देश्यको रूपमा उल्लेख गरिएका लक्ष्य र ध्येयहरूलाई अव्यावहारिक उद्देश्यहरूको रुपमा लिइन्छ भने विशिष्ट रूपमउल्लेख गरिएका उद्देश्यहरूलाई व्यावहारिक उद्देश्यहरूका रूपमा लिइन्छ। यी दुई किसिमका उद्देश्यहरू भिन्नता लाई निम्नानुसार चर्चा गरिएको छ
फरक छुट्याउने  आधारहरु
Non - behavioural objectives
Behavioural objectives
निर्माणका आधार
व्यावहारिक प्रकृतिका साधारण उद्देश्यहरू सिकारु, समाज,विषय विज्ञ, सिकारुको मनोविज्ञान र दर्शन जस्ता स्रोतहरू को गहन विश्लेषण गरी निर्माण गरिन्छ।
व्यावहारिक उद्देश्यहरू निर्धारण गर्दा साधारण रूपमाव्यावहारिक उद्देश्यहरूलाई प्रमुख आधार मानिन्छ
क्षेत्र
व्यापक हुन्छ।
 संकुचित हुन्छ।
समय
लामो समय खर्चनु पर्छ
छोटो समयमा नै प्राप्त गर्न सकिन्छ।
मापन
मापन गर्न कठिन हुन्छ।
सजिलमापन गर्न सकिन्छ।
संख्या
न्युन हुन्छ
द्देश्यहरुको सङ्ख्या व्यावहारिक तुलनामा थोरै हुन्छ।
संलग्न व्यक्तिहरू
निर्माण गर्दा विभिन्न क्षेत्रका व्यक्तिहरूको संलग्नता रहन्छ।
शिक्षक संलग्नता रहन्छ।
भाषा
अप्राविधिक भाषा
प्राविधिक भाषा
उदाहरण
सिकारुको सर्वांगीण विकास गर्नु
पाठ्यक्रम र पाठ्यांशको बीचमा भिन्नता छुट्याउने


Comments

Popular posts from this blog

Taxonomy of Educational Objectives

शैक्षिक उद्देश्य को वर्गीकरण ले  सिकाइ सरलदेखि जटिल क्रममा अगाडि बढ्छ भन्ने मान्यता राख्दै विद्वान्हरूले ज्ञानका प्रत्येक क्षेत्रमा (संज्ञानात्मक, भावनात्मक र मनोक्रियात्मक) विभिन्न तहहरूलाई सरलदेखि जटिल क्रममा   प्रस्तुत गरेका छन् । यी विविध क्षेत्रहरूले सिकाइको थालनी कहाँबाट हुन्छ ? कुन क्रममा अगाडि बढ्छ ? र कहाँ गएर चिन्तन प्रक्रिया टुङ्गिन्छ ? भन्ने कुरालाई अत्यन्त सरल रूपमा प्रष्टाउने काम गरेका छन् । सिकाइलाई क्रमबद्ध बनाउँदै पाठ्यक्रमले आशा गरेका सिकाइ उपलब्धिहरूलाई ठिक समयमा प्राप्त गर्नका लागि पाठ्यक्रम निर्माताहरूले शैक्षिक उद्देश्यको वर्गीकरणलाई प्रयोगमा ल्याउनुपर्छ । उद्देश्यपूर्ण सिकाइका लागि पाठ्यक्रम विकास गर्दा र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा सरोकारवाला व्यक्तिहरूले यी उद्देश्यहरूको उचित ढङ्गले प्रयोग गर्नुपर्छ । यसका लागि उनीहरूलाई शैक्षिक उद्देश्यको वर्गीकरणका बारेमा स्पष्ट ज्ञान हुनुपर्छ । यही प्रयोजनका लागि उद्देश्यहरूका वर्गीकरण लाई निम्नानुसार प्रष्ट पारिएको छ : (i) Cognitive Domain (संज्ञानात्मक क्षेत्र)...

3. पाठ्यक्रम विकास (Curriculum Development)

3.1 Elements of Curriculum             पाठ्यक्रम तयार गर्दा प्रयोग गरिएका विभिन्न तत्त्वहरूलाई नै पाठ्यक्रम का तत्त्वहरू भनिन्छ। सामान्यतया कुनै पनि किसिमको पाठ्यक्रममा उद्देश्य, विषयवस्तु, शिक्षण विधि र   मूल्यांकन जस्ता चारवटा तत्त्वहरूको उपस्थिति रहन्छ। तथापि सबै प्रकारका पाठ्यक्रम यी तत्त्वहरूलाई समान ढङ्गले प्राथमिकता दिदैन । यसको अर्थ, एउटा विषय को पाठ्यक्रम विषयवस्तुलाई बढी प्राथमिकता दिएको हुन सक्छ भने अर्को विषयको पाठ्यक्रमले विषयवस्तुलाई भन्दा शिक्षण विधिलाई बढी महत्त्व दिएको हुन सक्छ। प्रिन्ट (Print) ले समग्र पाठ्यक्रम फरक र अन्तर्सम्बन्धित अंशहरूलाई नै पाठ्यक्रमका तत्त्वहरू रूपमा उल्लेख गरेका छन् । जसअन्तर्गत उद्देश्य, विषयवस्तु, सिकाइ अनुभव र मूल्याङ्कनजस्ता चारवटा तत्त्वहरू समावेश हुन्छन् । यसरी विषय केन्द्रित, सिकारु केन्द्रित र समस्या केन्द्रित कुनै पनि किसिमको पाठ्यक्रमका उद्देश्य, विषयवस्तु, सिलाई अनुभव र मूल्याङ्कन जस्ता चारवटा तत्त्वहरूको संलग्नता रहन्छ। त्यसैले सबै प्रकारका पाठ्यक्रममा रहने य...

2.2 Implications of Behaviorist, Cognitive and Constructive theory in Curriculum Development

सिकाइ सिद्धान्तहरुले पाठ्यक्रमको विकासमा उच्च मात्रमा प्रभाव पार्दछन् । सिकाइ सिद्धान्तले विशेषत॥ सिकाइ के हो ? सिकाइ कसरी हुन्छ ? सिकाइमा के कस्ता तत्त्वहरुले प्रभाव पार्दछन् ? सिकाइलाई सुनिश्चित गर्न पाठ्यक्रमलाई कसरी सङ्गठन गर्नुपर्छ ? परिवार र विद्यालयको संस्कृतिले सिकाइमा के कस्तो प्रभाव पार्दछ? सिकाइमा उत्प्रेरणाको भूमिका कस्तो रहन्छ ? पुनर्वलले सिकारुमा अपेक्षित व्यवहार निर्माण गर्न के कस्तो सघाउ पुर्याउँछ ? आदि प्रश्नहरुको जवाफ खोज्दै सिकारुको लागि एउटा सान्दर्भिक पाठ्यक्रम निर्माण गर्ने आधार प्रदान गर्दछन् । यसरी सिकाइ सिद्धान्तले पाठ्यक्रम विकासमा मात्र सहयोग नगरी पाठ्यक्रम निर्माण पश्चात प्रभावकारी रुपमा कार्यन्वयन गर्न पनि मद्दत गर्दछ । यी विविध कारणहरुले गर्दा सिकाइका सिद्धान्तले पठ्यक्रमको निर्माणमा महत्वपुर्ण प्रभाव पार्दछन् । 2.2.1   Influences of Behaviorist Learning Theory व्यवहारवादी सिकाइ सिद्धान्तले मानिसलाई विशिष्ट उद्दीपक (Stimuli) हरु प्रति जनाएका प्रतिक्रिया ( Responses )हरुको संयोजनको रुपमा व्याख्या गर्दछ । सिकारुले उसको वातातरणसँग अन्तरक्रिया ग्दा...