Meaning of Curriculum
समाजको
उत्पत्ती सँगै ज्ञानको पुस्तान्तरण हुने क्रममा शिक्षा र काठ्यक्रमको अनौपचारीक (Informal) शिक्षालाई
औपचारीक (Formal) शिक्षामा
रुपान्तरण गर्नुपर्ने आवश्यक्ताको महसुस गरी १८ औँ शताब्दीमा विद्यालयरुको स्थापना
भए र सँगै किन पढाउने (उद्देश्य), के पढाउने ( विषयवस्तु), कसरी पढाउने ( शिक्षण
विधि), भन्ने प्रश्नहरुको उत्तर खोज्दै जाँदा, र यस्ता प्रश्न समाधान गर्दै जाँदा
एउटा समग्र कार्यक्रमको रुपमा पाठ्यक्रमको सुरुवात भयो ।
प्राचिन
समयमा ग्रिकका दार्शनिक Plato,
चिनिया दार्शनिक Comenius र जर्मन दार्शनिक Frobel ले
शिक्षा विकासको लागी पाठ्यक्रमको आवश्यकतामा जोड दिएको पाइन्छ तर उक्त समयमा
पाठ्यक्रमको विशिष्टिकृत र व्यवस्थित अध्ययन हुन सकेको थिएन । यसक्रममा
पाठ्यक्रमसँग मिल्दो शब्द "Padagogy"को
प्रयोग १७ औ शताब्दीमा प्रयोग भएको देखिन्छ । सन १९१८ मा Frabklin Bobbit ले "The Curriculum" पुस्तक
प्रकाशन गरे जसबाट Curriculum
शब्द र यसको विशिष्टिकृत अध्ययनको सुरुवात गरे ।
सन् १९७२ मा Lewish र Miel ले
पाठ्यक्रमका बारेमा धेरै खोज र अनुसन्धान गरी लेखहरु प्रकाशन गरे । अन्तत:
पाठ्यक्रमको प्रभावकारी विकसको र विस्तार २० औँ शताब्दीमा भयो ।
Etymological Meaning of Curriculum
Curriculum
शब्द
ल्याटिन भाषाको "Currere"
बाट बनेको हो जसको अर्थ "To
run" वा "Race
Course" हुन्छ । यसरी हेर्दा कक्षाकोठामा अध्ययन गर्ने विद्यार्थीका
लागी दौडको मैदानको रुपमा पाठ्यक्रम लिने गरीयो । यसरी हेर्दा पाठ्यक्रममा
निर्धारीत उद्देश्य पूरा गर्न विद्यार्थीले अपनाउने प्रक्रियालाई पाठ्यक्रम रुपी
दौडको मैदान भनियो । नेपाली भाषामा शाब्दिक रुपमा पाठहरुको क्रम (पाठ् + क्रम =
पाठ्यक्रम) भन्न सकिन्छ ।
Narrow Meaning of Curriculum
पाठ्यक्रमको
Narrow meaning लाई
पाठ्यक्रमको परम्परागत धारणा (Traditional
Concept) को रुपमा लिइन्छ । यस अर्थमा विद्यार्थीलाई समेट्नको लागी
शिक्षकहरुद्वारा तयार पारिएको विषयवस्तुको सूचीलाई पाठ्यक्रमको रुपमा लिइन्छ ।
पाठको क्रमलाई पाठ्यक्रम मान्ने यस सङ्कुचित धारणाले परम्परामा धेरै मान्यता पायो
। तर यस धारणाले विद्यार्थीको रुचि, स्तर, आकाङ्क्षा, आवश्यक्ता बुझ्न नसकी मात्र
मस्तिष्कमा ज्ञनको भण्डार गर्नुपर्ने अपरिपक्व दृष्टिकोण राखेको पाइन्छ । त्यसैले
पाठ्यक्रमको यस धारणाले पाठ्यक्रमको पूर्णता प्रप्त गर्न सक्दैन ।
पाठ्यक्रमको Narrow Meaning सम्बन्धी परीभाषाहरु :
"Traditionally the curriculum has
meant the subjects taught in school or the course of study." –
William B. Regan
"Historically and currently, the
dominant concept of the curriculum is that of subjects and subject matter there
in to be taught by teachers and learned by students." - Alexander and Saylor
Broader Meaning of Curriculum
सिकारुको
सिकाइ अनुभव एवं शिक्षणसिकाइलाई निर्दिष्ट गर्न सबै आवश्यक तत्त्वहरु समावेश भएको
दर्तावेजलाई पाठ्यक्रमको व्यापक अर्थको रुपमा लिइन्छ । पाठ्यक्रमलाई व्यापक अर्थको
रुपमा लिंदा यसले शिक्षाका लक्ष्य तथा उद्देश्य (Amis and Objectives of education),
सिकाइसामग्री (Teaching
Materials), सिकाइवस्तु (Content),
सिकाइअनुभव
(Learning experience), शिक्षणसिकाइ
क्रियाकलाप (Teaching
learning activities), मूल्याङ्कन (Evaluation)
जस्ता अङ्गहरु समेटेको हुन्छ । साथै पाठ्यक्रमको व्यापक अर्थले कक्षाकोठाभित्र र
बाहिर प्रयोग गरिने सम्पूर्ण शैक्षिक कार्यक्रमको व्यापक एवम् विस्तृत स्वरुपलाई
समेट्ने गर्दछ ।
पाठ्यक्रम
विद्यार्थी, अभिभावक र समाज तथा राष्ट्रका इच्छा चाहना, आवश्यक्ता एवम् भावनाहरु
पुरा गर्ने उद्देश्यले
राख्दछ
। पाठ्यक्रम शैक्षिक कार्यक्रमको मेरुदण्ड हो, सिकारुका पूर्व अनुभवको ख्याल
गर्दै, उसको सम्पूर्ण पक्षको विकास गर्दछ । यसरी पाठ्यक्रमकपो व्यापक अर्थको रुपमा
लिँदा पाठ्यक्रमले सिकारुको विकासको भूमिका खेल्दछ ।
पाठ्यक्रमको
Broader Meaning सम्बन्धी परीभाषाहरु :
"The curriculum includes all the
learner's experience, in or outside school that are included in a program which
has been devised to help him developmentally, emotionally, socially,
spiritually and morally." - Crow
& Crow
"Curriculum
should be conceived as an outcome of the rounded whole of the knowledge &
experience of the human race." -
FrobelSome Definitions of Curriculum
"It's a tool in the hands of the
artist (teacher) to mould his materials (pupil) according to his ideal
(objective) in his studio (school)." – Cunningham
"It (curriculum) is the whole living of the pupils or students so far as the school accepts responsibility for its quality." - Kilpatric
"Curriculum is composed of all experiences that the child has irrespective of their character or when or where they take place." - Ronald C. Forrence and Nelson
"Curriculum is defined as all of the planned experiences provided by the school to assist pupils in attaining the designed learning out comes to the best of their objectives". - Negley and Evans
"Curriculum as a general overall plan of the content or specific materials of instructions that the school should offer the student by way of qualifying him for graduation or certification for entrance into a professional or a vocational field." - C.V. Goods.
"Activity curriculum is a continuous stream of child's activities, unbroken by systematic subjects and springing from the interests and personally felt needs of the child." - John Dewey
यसरी
हेर्दा पाठ्यक्रमसम्बन्धी विभिन्न परिभाषाको आधारमा सिकारुको व्यवहारिक जीवनसँग
पूर्णरुपमा सम्बन्ध राख्ने सम्पूर्ण सिकाइ अनुभवहरु शैक्षणिक क्रियाकलापहरुको
व्यवस्थित, योजनाबद्ध र सङ्गठित रुप नै पाठ्यक्रम हो । पाठ्यक्रमको आधुनिक बिचारले
व्यक्तिको जीवनमा आवश्यक पर्ने सम्पूर्ण समस्या समाधान गर्ने सु-सपष्ट मार्ग
निर्देशन गर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा व्यक्तिलाई समायोजन गर्न
समेत पाठ्यक्रमले मार्ग निर्देशन गरिरहेको हुन्छ ।
Comments
Post a Comment