Skip to main content

Unit I Concept of Curriculum

Meaning of Curriculum

            समाजको उत्पत्ती सँगै ज्ञानको पुस्तान्तरण हुने क्रममा शिक्षा र काठ्यक्रमको अनौपचारीक (Informal) शिक्षालाई औपचारीक (Formal) शिक्षामा रुपान्तरण गर्नुपर्ने आवश्यक्ताको महसुस गरी १८ औँ शताब्दीमा विद्यालयरुको स्थापना भए र सँगै किन पढाउने (उद्देश्य), के पढाउने ( विषयवस्तु), कसरी पढाउने ( शिक्षण विधि), भन्ने प्रश्नहरुको उत्तर खोज्दै जाँदा, र यस्ता प्रश्न समाधान गर्दै जाँदा एउटा समग्र कार्यक्रमको रुपमा पाठ्यक्रमको सुरुवात भयो ।
            प्राचिन समयमा ग्रिकका दार्शनिक Plato,  चिनिया दार्शनिक Comenius र जर्मन दार्शनिक Frobel ले शिक्षा विकासको लागी पाठ्यक्रमको आवश्यकतामा जोड दिएको पाइन्छ तर उक्त समयमा पाठ्यक्रमको विशिष्टिकृत र व्यवस्थित अध्ययन हुन सकेको थिएन । यसक्रममा पाठ्यक्रमसँग मिल्दो शब्द "Padagogy"को प्रयोग १७ औ शताब्दीमा प्रयोग भएको देखिन्छ । सन १९१८ मा Frabklin Bobbit ले "The Curriculum" पुस्तक प्रकाशन गरे जसबाट Curriculum  शब्द र यसको विशिष्टिकृत अध्ययनको सुरुवात गरे । सन् १९७२ मा Lewish Miel ले पाठ्यक्रमका बारेमा धेरै खोज र अनुसन्धान गरी लेखहरु प्रकाशन गरे । अन्तत: पाठ्यक्रमको प्रभावकारी विकसको र विस्तार २० औँ शताब्दीमा भयो ।

Etymological Meaning of Curriculum

Curriculum शब्द ल्याटिन भाषाको "Currere" बाट बनेको हो जसको अर्थ "To run" वा "Race Course" हुन्छ । यसरी हेर्दा कक्षाकोठामा अध्ययन गर्ने विद्यार्थीका लागी दौडको मैदानको रुपमा पाठ्यक्रम लिने गरीयो । यसरी हेर्दा पाठ्यक्रममा निर्धारीत उद्देश्य पूरा गर्न विद्यार्थीले अपनाउने प्रक्रियालाई पाठ्यक्रम रुपी दौडको मैदान भनियो । नेपाली भाषामा शाब्दिक रुपमा पाठहरुको क्रम (पाठ् ‌+ क्रम ‍ = पाठ्यक्रम) भन्न सकिन्छ ।

Narrow Meaning of Curriculum

पाठ्यक्रमको Narrow meaning लाई पाठ्यक्रमको परम्परागत धारणा (Traditional Concept) को रुपमा लिइन्छ । यस अर्थमा विद्यार्थीलाई समेट्नको लागी शिक्षकहरुद्वारा तयार पारिएको विषयवस्तुको सूचीलाई पाठ्यक्रमको रुपमा लिइन्छ । पाठको क्रमलाई पाठ्यक्रम मान्ने यस सङ्कुचित धारणाले परम्परामा धेरै मान्यता पायो । तर यस धारणाले विद्यार्थीको रुचि, स्तर, आकाङ्क्षा, आवश्यक्ता बुझ्न नसकी मात्र मस्तिष्कमा ज्ञनको भण्डार गर्नुपर्ने अपरिपक्व दृष्टिकोण राखेको पाइन्छ । त्यसैले पाठ्यक्रमको यस धारणाले पाठ्यक्रमको पूर्णता प्रप्त गर्न सक्दैन ।

पाठ्यक्रमको Narrow Meaning   सम्बन्धी परीभाषाहरु :

"Traditionally the curriculum has meant the subjects taught in school or the course of study."   – William B. Regan
"Historically and currently, the dominant concept of the curriculum is that of subjects and subject matter there in to be taught by teachers and learned by students."   - Alexander and Saylor

Broader Meaning of Curriculum

सिकारुको सिकाइ अनुभव एवं शिक्षणसिकाइलाई निर्दिष्ट गर्न सबै आवश्यक तत्त्वहरु समावेश भएको दर्तावेजलाई पाठ्यक्रमको व्यापक अर्थको रुपमा लिइन्छ । पाठ्यक्रमलाई व्यापक अर्थको रुपमा लिंदा यसले शिक्षाका लक्ष्य तथा उद्देश्य (Amis and Objectives of education), सिकाइसामग्री (Teaching Materials), सिकाइवस्तु (Content), सिकाइअनुभव (Learning experience), शिक्षणसिकाइ क्रियाकलाप (Teaching learning activities), मूल्याङ्कन (Evaluation) जस्ता अङ्गहरु समेटेको हुन्छ । साथै पाठ्यक्रमको व्यापक अर्थले कक्षाकोठाभित्र र बाहिर प्रयोग गरिने सम्पूर्ण शैक्षिक कार्यक्रमको व्यापक एवम् विस्तृत स्वरुपलाई समेट्ने गर्दछ ।
पाठ्यक्रम विद्यार्थी, अभिभावक र समाज तथा राष्ट्रका इच्छा चाहना, आवश्यक्ता एवम् भावनाहरु पुरा गर्ने उद्देश्यले राख्दछ । पाठ्यक्रम शैक्षिक कार्यक्रमको मेरुदण्ड हो, सिकारुका पूर्व अनुभवको ख्याल गर्दै, उसको सम्पूर्ण पक्षको विकास गर्दछ । यसरी पाठ्यक्रमकपो व्यापक अर्थको रुपमा लिँदा पाठ्यक्रमले सिकारुको विकासको भूमिका खेल्दछ ।

पाठ्यक्रमको Broader Meaning   सम्बन्धी परीभाषाहरु :

"The curriculum includes all the learner's experience, in or outside school that are included in a program which has been devised to help him developmentally, emotionally, socially, spiritually and morally."       - Crow & Crow
"Curriculum should be conceived as an outcome of the rounded whole of the knowledge & experience of the human race."  - Frobel


Some Definitions of Curriculum 



"It's a tool in the hands of the artist (teacher) to mould his materials (pupil) according to his ideal (objective) in his studio (school)." – Cunningham

"It (curriculum) is the whole living of the pupils or students so far as the school accepts responsibility for its quality."    - Kilpatric

"Curriculum is composed of all experiences that the child has irrespective of their character or when or where they take place."     -  Ronald C. Forrence and Nelson

"Curriculum is defined as all of the planned experiences provided by the school to assist pupils in attaining the designed learning out comes to the best of their objectives". - Negley and Evans

"Curriculum as a general overall plan of the content or specific materials of instructions that the school should offer the student by way of qualifying him for graduation or certification for entrance into a professional or a vocational field."     - C.V. Goods.

"Activity curriculum is a continuous stream of child's activities, unbroken by systematic subjects and springing from the interests and personally felt needs of the child."   - John Dewey

            यसरी हेर्दा पाठ्यक्रमसम्बन्धी विभिन्न परिभाषाको आधारमा सिकारुको व्यवहारिक जीवनसँग पूर्णरुपमा सम्बन्ध राख्ने सम्पूर्ण सिकाइ अनुभवहरु शैक्षणिक क्रियाकलापहरुको व्यवस्थित, योजनाबद्ध र सङ्गठित रुप नै पाठ्यक्रम हो । पाठ्यक्रमको आधुनिक बिचारले व्यक्तिको जीवनमा आवश्यक पर्ने सम्पूर्ण समस्या समाधान गर्ने सु-सपष्ट मार्ग निर्देशन गर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा व्यक्तिलाई समायोजन गर्न समेत पाठ्यक्रमले मार्ग निर्देशन गरिरहेको हुन्छ ।

Comments

Popular posts from this blog

Taxonomy of Educational Objectives

शैक्षिक उद्देश्य को वर्गीकरण ले  सिकाइ सरलदेखि जटिल क्रममा अगाडि बढ्छ भन्ने मान्यता राख्दै विद्वान्हरूले ज्ञानका प्रत्येक क्षेत्रमा (संज्ञानात्मक, भावनात्मक र मनोक्रियात्मक) विभिन्न तहहरूलाई सरलदेखि जटिल क्रममा   प्रस्तुत गरेका छन् । यी विविध क्षेत्रहरूले सिकाइको थालनी कहाँबाट हुन्छ ? कुन क्रममा अगाडि बढ्छ ? र कहाँ गएर चिन्तन प्रक्रिया टुङ्गिन्छ ? भन्ने कुरालाई अत्यन्त सरल रूपमा प्रष्टाउने काम गरेका छन् । सिकाइलाई क्रमबद्ध बनाउँदै पाठ्यक्रमले आशा गरेका सिकाइ उपलब्धिहरूलाई ठिक समयमा प्राप्त गर्नका लागि पाठ्यक्रम निर्माताहरूले शैक्षिक उद्देश्यको वर्गीकरणलाई प्रयोगमा ल्याउनुपर्छ । उद्देश्यपूर्ण सिकाइका लागि पाठ्यक्रम विकास गर्दा र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा सरोकारवाला व्यक्तिहरूले यी उद्देश्यहरूको उचित ढङ्गले प्रयोग गर्नुपर्छ । यसका लागि उनीहरूलाई शैक्षिक उद्देश्यको वर्गीकरणका बारेमा स्पष्ट ज्ञान हुनुपर्छ । यही प्रयोजनका लागि उद्देश्यहरूका वर्गीकरण लाई निम्नानुसार प्रष्ट पारिएको छ : (i) Cognitive Domain (संज्ञानात्मक क्षेत्र)...

3. पाठ्यक्रम विकास (Curriculum Development)

3.1 Elements of Curriculum             पाठ्यक्रम तयार गर्दा प्रयोग गरिएका विभिन्न तत्त्वहरूलाई नै पाठ्यक्रम का तत्त्वहरू भनिन्छ। सामान्यतया कुनै पनि किसिमको पाठ्यक्रममा उद्देश्य, विषयवस्तु, शिक्षण विधि र   मूल्यांकन जस्ता चारवटा तत्त्वहरूको उपस्थिति रहन्छ। तथापि सबै प्रकारका पाठ्यक्रम यी तत्त्वहरूलाई समान ढङ्गले प्राथमिकता दिदैन । यसको अर्थ, एउटा विषय को पाठ्यक्रम विषयवस्तुलाई बढी प्राथमिकता दिएको हुन सक्छ भने अर्को विषयको पाठ्यक्रमले विषयवस्तुलाई भन्दा शिक्षण विधिलाई बढी महत्त्व दिएको हुन सक्छ। प्रिन्ट (Print) ले समग्र पाठ्यक्रम फरक र अन्तर्सम्बन्धित अंशहरूलाई नै पाठ्यक्रमका तत्त्वहरू रूपमा उल्लेख गरेका छन् । जसअन्तर्गत उद्देश्य, विषयवस्तु, सिकाइ अनुभव र मूल्याङ्कनजस्ता चारवटा तत्त्वहरू समावेश हुन्छन् । यसरी विषय केन्द्रित, सिकारु केन्द्रित र समस्या केन्द्रित कुनै पनि किसिमको पाठ्यक्रमका उद्देश्य, विषयवस्तु, सिलाई अनुभव र मूल्याङ्कन जस्ता चारवटा तत्त्वहरूको संलग्नता रहन्छ। त्यसैले सबै प्रकारका पाठ्यक्रममा रहने य...

2.2 Implications of Behaviorist, Cognitive and Constructive theory in Curriculum Development

सिकाइ सिद्धान्तहरुले पाठ्यक्रमको विकासमा उच्च मात्रमा प्रभाव पार्दछन् । सिकाइ सिद्धान्तले विशेषत॥ सिकाइ के हो ? सिकाइ कसरी हुन्छ ? सिकाइमा के कस्ता तत्त्वहरुले प्रभाव पार्दछन् ? सिकाइलाई सुनिश्चित गर्न पाठ्यक्रमलाई कसरी सङ्गठन गर्नुपर्छ ? परिवार र विद्यालयको संस्कृतिले सिकाइमा के कस्तो प्रभाव पार्दछ? सिकाइमा उत्प्रेरणाको भूमिका कस्तो रहन्छ ? पुनर्वलले सिकारुमा अपेक्षित व्यवहार निर्माण गर्न के कस्तो सघाउ पुर्याउँछ ? आदि प्रश्नहरुको जवाफ खोज्दै सिकारुको लागि एउटा सान्दर्भिक पाठ्यक्रम निर्माण गर्ने आधार प्रदान गर्दछन् । यसरी सिकाइ सिद्धान्तले पाठ्यक्रम विकासमा मात्र सहयोग नगरी पाठ्यक्रम निर्माण पश्चात प्रभावकारी रुपमा कार्यन्वयन गर्न पनि मद्दत गर्दछ । यी विविध कारणहरुले गर्दा सिकाइका सिद्धान्तले पठ्यक्रमको निर्माणमा महत्वपुर्ण प्रभाव पार्दछन् । 2.2.1   Influences of Behaviorist Learning Theory व्यवहारवादी सिकाइ सिद्धान्तले मानिसलाई विशिष्ट उद्दीपक (Stimuli) हरु प्रति जनाएका प्रतिक्रिया ( Responses )हरुको संयोजनको रुपमा व्याख्या गर्दछ । सिकारुले उसको वातातरणसँग अन्तरक्रिया ग्दा...