शिक्षा एक व्यापक तथा जटिल कार्यक्रम हो । हरेक कार्यका उद्देश्य रहेका हुन्छन्, र उद्देश्य पुरा हुनका लागी
उद्देश्य अनुरुपको कार्यक्रम आवश्यक पर्दछ । शिक्षा क्षेत्रका उ म एक महत्वपूर्ण विषय हो । Ralf Tayler का
अनुसार पाठ्यक्रमको महत्व निम्मानुसार रहेको छ ।
- बालकको
सर्वाङ्गिण विकासका लागि बालकका रुची, चाहना, आवश्यकताको सम्बोधन साथै नयाँ नयाँ
खोज, अनुसन्धान कार्य
गर्न,
- पाठ्यक्रमको
माध्यमबाट बालबालिकाको पूर्णजीवनको तयारीका लागी आवश्यक पर्ने ज्ञान र अनुभवहरु
प्राप्त गर्न सहयोग पुऱ्यउन,
- पूस्तकको
अभावमा पनी शिक्षण गर्न,
- पाठ्यपुस्तक,
शिक्षक निर्देशिका, पाठ्यक्रम, विषय विस्तृतिकरण, आदि शिक्षण सहायक सामग्री
निर्माण गर्न,
- व्यक्तिको
शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक, नैतिक, चारित्रिक, सांस्कृतिक, वैज्ञानिक,
धार्मिक, संवेगात्मक विकासमा सहयोग पुऱ्याउन,
- विद्यार्थीको
मनोवैज्ञानिक पहिचान गर्न र व्यक्तिगत भिन्नता थाहा पाउन,
- शिक्षाको
स्तर, निर्धारण, स्तर मापन, मूल्याङ्कन गर्न,
- शिक्षक,
विद्यार्थि तथा शैक्षिक निकाय व्यवस्थित गरी आ-आफ्नो गन्तव्य सम्म पुग्न,
- विद्यालयका
विषयहरु, अतिरिक्त क्रियाकलापहरु र पठनपाठनकार्यको सहसम्बन्ध कायम गरी निरन्तरता
प्रदान गर्न तथा शिक्षणसिकाइको उपयुक्त वातावरणको निर्धारण गर्न,
- व्यक्तिलाई
उसको कर्तव्य तथा व्यक्तिको चिन्तन, मनन, व्यख्या, विश्लेषण, तर्क, निर्णय,
निरिक्षण आदि कार्यलाई उत्प्रेरित गर्ने वातावरण सिर्जना गर्न,
- शिक्षाको
समान अवसरमा बढवा दिन सहयोग गर्न, नयाँ पाठ्यक्रम निर्माण तथा संसोधन गर्नसमेत सडयोग
गर्न,
- शिक्षकका
लागी Self-Evaluation Tool,
Instructional Guide तयार गर्न ।
Comments
Post a Comment