1.5.1 Relationship between Syllabus and Curriculum
परम्परावादी
धारणा अनुसार पाठ्यक्रम र पाठ्यांशलाई एकै रुपमा हेरिन्थ्यो । पाठ्यक्रम भनेको
कक्षा भित्र शिक्षकद्वारा विद्यार्थीलाई सिकाइने विषयवस्तु वा पाठ्यांश हो भन्ने थियो । इतिहासको एक
समयसम्म पाठ्यांश भनेकै सिकाइने अध्यापन गर्ने र विद्यार्थीले सिक्ने विषयवस्तु (Content, Course of Study, Subject
matter) भन्ने बुझियो । तर पछिल्लो समयमा विषयवस्तुमा नभई नहुने
अनिवार्य विषयहरु जो अपरिवर्तनिय छन् भन्ने र केही परिष्कृत र विकसित विषयको
धारणाहरु प्रचलनमा आए । पाठ्यांश भनेको पाठको अंश हो । पढाउनुपर्ने वा
सिकाउनुपर्ने धेरै विषय, एकाइ र पाठहरुलाई व्यवस्थित, क्रमबद्ध र सूचीबद्ध गर्ने कार्य
पाठ्यांशमा हुन्छ र साधारण रुपमा पाठ्यक्रमको निर्माण पछी नै पाठ्यांश तयार गरिन्छ
। पाठ्यांशले शिक्षकमा के विषय पढाउने, कति मात्रामा पढाउने भन्ने कुरा निश्चित
गर्दछ र विद्यार्थीलाई कुन कुन पाठ् पढ्ने
भन्ने कुराको बोध गराउँछ ।
पाठ्यांश सम्बन्धी परिभाषाहरु
"Syllabus
is a list of convert areas which are to be taught and assess education.
Sometimes objectives and learning activities are included. A syllabus is
subsumed within a curriculum." -
Print Murray
1.5.2 Relationship between Text Book and Curriculum
शिक्षण सिकाइको क्रममा कक्षामा गुरुले
विद्यार्थीलाई पढाउने मुख्य आधार पाठ्यक्रम नै भए पनि निर्दिष्ट गरेका लक्ष्य
प्राप्त गर्न अपनाइने माध्यम भने पाठ्यपुस्तक हो । विषयवस्तुको व्यवस्थित एवम्
सङ्गठित पाठ्यसामग्रीको सिङ्गो रुप पाठ्यपुस्तक भएकोले पाठ्यक्रम र पाठ्यपुस्तक
बीच गहिरो सम्बन्ध छ । पाठ्यक्रमकै आधारमा पाठ्यपूस्तक तयार गरिएको हुन्छ ।
धेरैजसो पाठ्यपुस्तकलाई ज्यादै आवश्यक शैक्षिक सामग्रीको रुपमा लिने गरिन्छ । पाठ्यक्रममा
निर्धारित पाठ्यांशका आवश्यकतालाई कुन कुन शैक्षिक क्रियाकलापको आधारमा प्राप्त
गर्ने भन्ने उद्देश्य लिइएको हुन्छ भने पाठ्यपुस्तकमा ति उद्देश्य पुरा गर्नको
लागि एउटा शैक्षकि सत्रमा शिक्षकले विद्यार्थीलाई प्रदान गर्ने विषयवस्तुको
विस्तृत भण्डार रहेको हुन्छ ।
Comments
Post a Comment