पाठ्यक्रमको
धारणाले विशेषगरी पाठ्यक्रमविदहरुले पाठ्यक्रम विकासलाई कसरी आत्मसात् गर्दछन् र
यस कार्यलाई कसरी अगाडी बढाउँछन् भन्ने कुरालाई सुचित गर्दछ । सन्दर्भ तथा
दार्शनिक विविधताका कारणले गर्दा विभिन्न व्यक्तिहरुले पाठ्यक्रमलाई विविध तरिकाले
वुझ्दछन् । William Schubert को
अनुसार पाठ्यक्रमका धारणालाई निम्नानुसार व्याख्या गरेका छन् ।
(क) Curriculum as a Subject matter: यो पाठ्यक्रमको
परम्परागत स्वरुप हो । परम्परामा पाठ्यक्रमलाई Trivium
र Quadrivium मा
विभाजन गरेको पाइन्छ । Trivium अन्तर्गत
व्याकरण, वाचन र तर्क (Grammer, Rhetorical and Dialectic) र Quadrivium अन्तर्गत अङ्कगणित, ज्यामिति, खगोलशास्त्र र
संगीत (Arithmetic, Geometry,
Astronomy and Music) विषयहरु पर्दछन् । पाठ्यक्रमको यस धारणाको पक्षमा वकालत गर्ने
पाठ्यक्रमविद Hutchins ले
पाठ्यक्रममा Trivium विषयहरु विद्यालयका प्रारम्भिक कक्षाहरुमा र
स्थायी अध्ययनहरुमा समावेश हुनुपर्छ र भन्ने सुझाव दिन्छन् ।
हालसम्म पनि
पाठ्यक्रमको निर्माणमा यी विषय वा विषयका स्वरुपहरु निर्माण र प्रयोग गरेको पाउन
सकिन्छ । यस धारणा आधुनिक ज्ञानको परिवर्तित स्वरुपलाई पहिचान गर्न असफल भएको
दिखिन्छ ।
(ख) Curriculum as Experience: पाठ्यक्रम
विषयवस्तुको रुपमा लिने प्रचलनको विरोधमा यो विशेष्ता आएको पाइन्छ । शैक्षिक
संस्था वा शिक्षकद्वारा सिकारुको रुची तथा आवश्यकता सम्बन्धी कक्षामा सिकारुले
प्राप्त गरेका सिकाइ अनुभवलाई पाठ्यक्रमको रुपमा परिभाषित गर्दछ । प्रगतिवादीहरुले
परम्परावादी धारणालाई सिकारुको रुची र आवश्यक्तासँग सम्बन्धित नभएको, जीवनका
आवश्यकता र वास्ताविकताहरुलाई यसले प्रतिनिधित्व गर्न गसकेको र अनुत्पादक ज्ञान
प्रदान गरेको भनी आलोचना गरेका छन् । त्यसकारण पाठ्यक्रमलाई सिकारुको रुची तथा
आवश्यकतासँग सम्बन्धित गराउन, जीवनका आवश्यकता र वास्तविकतालाई प्रतिनिधित्व गर्ने
पाठ्यक्रम निर्माण गर्न र व्यवहारिक जीवनमा उपयोगी हुने उत्पादगसील ज्ञान प्रदान
गर्न पाठ्यक्रमको यस धारणाको आगमन भएको हो ।
(ग) Curriculum as Instructional Plan: अनुभवको रुपमा रहेको पाठ्यक्रमको धारणाले
पाठ्यक्रमलाई बृहत् रुपमा परिभाषित गरेता पनि पछिल्ला दिनहरुमा यस धारणालाई
अस्पष्ट र बृहत् धारणा भनी आलोचना गर्न थालियो । परिणामस्वरुप केहि
पाठ्यक्रमविदहरुले पाठ्यक्रमलाई पूर्व निर्धारित योजनाको रुपमा परिभाषित गरे
त्यसपछि पाठ्यक्रमलाई एउटा शैक्षिक योजनाको रुपमा हेर्न थालियो । यस धारणाअनुसार
कक्षाकोठाको शिक्षणलाई सफल बनाउनको लागि शैक्षिक क्रियाकलापलाई प्रभावकारी ढङ्गले
सञ्चालन गर्न सहयोग गर्ने पूर्व निर्धारित योजनालाई नै पाठ्यक्रम भनिन्छ । पाठ्यक्रमको
यस धारणाले शिक्षण सिकाइ क्रियाकलापहरुलाई प्रभावकारी ढङ्गले सञ्चालन गरी अपेक्षित
उपलब्धिहरुलाई पूर्णमात्रमा प्राप्त गर्न सहयोग पुर्याउने हुनाले अधिकांश देशहरुमा
यो धारणा अभ्यासमा छ ।
(घ) Curriculum as Intention or Objectives: उद्देश्यको
रुपमा रहेको यस धारणाले पाठ्यक्रमको विषयवस्तु र प्रक्रियालाई भन्दा अपेक्षित
उत्पादन वा उद्देश्यलाई जोड दिन्छ ।
पाठ्यक्रमको यो धारणाले पाठ्यक्रमलाई विद्यालयको निर्देशनमा प्राप्त
हुने योजनाबद्ध सिकाइ उपलब्धिहरुको रुपमा परिभाषित गर्दै शैक्षणिक क्रियाकलापहरुको
अपेक्षित उपलब्धिको रुपमा पाठ्यक्रमको धारणा विस्तार भयो ।
Comments
Post a Comment