Skip to main content

1.3 Different concept of Curriculum


            पाठ्यक्रमको धारणाले विशेषगरी पाठ्यक्रमविदहरुले पाठ्यक्रम विकासलाई कसरी आत्मसात् गर्दछन् र यस कार्यलाई कसरी अगाडी बढाउँछन् भन्ने कुरालाई सुचित गर्दछ । सन्दर्भ तथा दार्शनिक विविधताका कारणले गर्दा विभिन्न व्यक्तिहरुले पाठ्यक्रमलाई विविध तरिकाले वुझ्दछन् । William Schubert को अनुसार पाठ्यक्रमका धारणालाई निम्नानुसार व्याख्या गरेका छन् ।
(क)  Curriculum as a Subject matter: यो पाठ्यक्रमको परम्परागत स्वरुप हो । परम्परामा पाठ्यक्रमलाई Trivium Quadrivium मा विभाजन गरेको पाइन्छ । Trivium अन्तर्गत   व्याकरण, वाचन र तर्क (Grammer, Rhetorical and Dialectic) Quadrivium अन्तर्गत अङ्कगणित, ज्यामिति, खगोलशास्त्र र संगीत (Arithmetic, Geometry, Astronomy and Music) विषयहरु पर्दछन् । पाठ्यक्रमको यस धारणाको पक्षमा वकालत गर्ने पाठ्यक्रमविद Hutchins ले पाठ्यक्रममा  Trivium विषयहरु विद्यालयका प्रारम्भिक कक्षाहरुमा र स्थायी अध्ययनहरुमा समावेश हुनुपर्छ र भन्ने सुझाव दिन्छन् ।
हालसम्म पनि पाठ्यक्रमको निर्माणमा यी विषय वा विषयका स्वरुपहरु निर्माण र प्रयोग गरेको पाउन सकिन्छ । यस धारणा आधुनिक ज्ञानको परिवर्तित स्वरुपलाई पहिचान गर्न असफल भएको दिखिन्छ ।
(ख) Curriculum as Experience: पाठ्यक्रम विषयवस्तुको रुपमा लिने प्रचलनको विरोधमा यो विशेष्ता आएको पाइन्छ । शैक्षिक संस्था वा शिक्षकद्वारा सिकारुको रुची तथा आवश्यकता सम्बन्धी कक्षामा सिकारुले प्राप्त गरेका सिकाइ अनुभवलाई पाठ्यक्रमको रुपमा परिभाषित गर्दछ । प्रगतिवादीहरुले परम्परावादी धारणालाई सिकारुको रुची र आवश्यक्तासँग सम्बन्धित नभएको, जीवनका आवश्यकता र वास्ताविकताहरुलाई यसले प्रतिनिधित्व गर्न गसकेको र अनुत्पादक ज्ञान प्रदान गरेको भनी आलोचना गरेका छन् । त्यसकारण पाठ्यक्रमलाई सिकारुको रुची तथा आवश्यकतासँग सम्बन्धित गराउन, जीवनका आवश्यकता र वास्तविकतालाई प्रतिनिधित्व गर्ने पाठ्यक्रम निर्माण गर्न र व्यवहारिक जीवनमा उपयोगी हुने उत्पादगसील ज्ञान प्रदान गर्न पाठ्यक्रमको यस धारणाको आगमन भएको हो ।
(ग)   Curriculum as Instructional Plan:  अनुभवको रुपमा रहेको पाठ्यक्रमको धारणाले पाठ्यक्रमलाई बृहत् रुपमा परिभाषित गरेता पनि पछिल्ला दिनहरुमा यस धारणालाई अस्पष्ट र बृहत् धारणा भनी आलोचना गर्न थालियो । परिणामस्वरुप केहि पाठ्यक्रमविदहरुले पाठ्यक्रमलाई पूर्व निर्धारित योजनाको रुपमा परिभाषित गरे त्यसपछि पाठ्यक्रमलाई एउटा शैक्षिक योजनाको रुपमा हेर्न थालियो । यस धारणाअनुसार कक्षाकोठाको शिक्षणलाई सफल बनाउनको लागि शैक्षिक क्रियाकलापलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सहयोग गर्ने पूर्व निर्धारित योजनालाई नै पाठ्यक्रम भनिन्छ । पाठ्यक्रमको यस धारणाले शिक्षण सिकाइ क्रियाकलापहरुलाई प्रभावकारी ढङ्गले सञ्चालन गरी अपेक्षित उपलब्धिहरुलाई पूर्णमात्रमा प्राप्त गर्न सहयोग पुर्याउने हुनाले अधिकांश देशहरुमा यो धारणा अभ्यासमा छ ।
(घ)  Curriculum as Intention or Objectives: उद्देश्यको रुपमा रहेको यस धारणाले पाठ्यक्रमको विषयवस्तु र प्रक्रियालाई भन्दा अपेक्षित उत्पादन वा उद्देश्यलाई जोड दिन्छ । पाठ्यक्रमको यो धारणाले पाठ्यक्रमलाई विद्यालयको निर्देशनमा प्राप्त हुने योजनाबद्ध सिकाइ उपलब्धिहरुको रुपमा परिभाषित गर्दै शैक्षणिक क्रियाकलापहरुको अपेक्षित उपलब्धिको रुपमा पाठ्यक्रमको धारणा विस्तार भयो ।

Comments

Popular posts from this blog

Taxonomy of Educational Objectives

शैक्षिक उद्देश्य को वर्गीकरण ले  सिकाइ सरलदेखि जटिल क्रममा अगाडि बढ्छ भन्ने मान्यता राख्दै विद्वान्हरूले ज्ञानका प्रत्येक क्षेत्रमा (संज्ञानात्मक, भावनात्मक र मनोक्रियात्मक) विभिन्न तहहरूलाई सरलदेखि जटिल क्रममा   प्रस्तुत गरेका छन् । यी विविध क्षेत्रहरूले सिकाइको थालनी कहाँबाट हुन्छ ? कुन क्रममा अगाडि बढ्छ ? र कहाँ गएर चिन्तन प्रक्रिया टुङ्गिन्छ ? भन्ने कुरालाई अत्यन्त सरल रूपमा प्रष्टाउने काम गरेका छन् । सिकाइलाई क्रमबद्ध बनाउँदै पाठ्यक्रमले आशा गरेका सिकाइ उपलब्धिहरूलाई ठिक समयमा प्राप्त गर्नका लागि पाठ्यक्रम निर्माताहरूले शैक्षिक उद्देश्यको वर्गीकरणलाई प्रयोगमा ल्याउनुपर्छ । उद्देश्यपूर्ण सिकाइका लागि पाठ्यक्रम विकास गर्दा र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा सरोकारवाला व्यक्तिहरूले यी उद्देश्यहरूको उचित ढङ्गले प्रयोग गर्नुपर्छ । यसका लागि उनीहरूलाई शैक्षिक उद्देश्यको वर्गीकरणका बारेमा स्पष्ट ज्ञान हुनुपर्छ । यही प्रयोजनका लागि उद्देश्यहरूका वर्गीकरण लाई निम्नानुसार प्रष्ट पारिएको छ : (i) Cognitive Domain (संज्ञानात्मक क्षेत्र)...

3. पाठ्यक्रम विकास (Curriculum Development)

3.1 Elements of Curriculum             पाठ्यक्रम तयार गर्दा प्रयोग गरिएका विभिन्न तत्त्वहरूलाई नै पाठ्यक्रम का तत्त्वहरू भनिन्छ। सामान्यतया कुनै पनि किसिमको पाठ्यक्रममा उद्देश्य, विषयवस्तु, शिक्षण विधि र   मूल्यांकन जस्ता चारवटा तत्त्वहरूको उपस्थिति रहन्छ। तथापि सबै प्रकारका पाठ्यक्रम यी तत्त्वहरूलाई समान ढङ्गले प्राथमिकता दिदैन । यसको अर्थ, एउटा विषय को पाठ्यक्रम विषयवस्तुलाई बढी प्राथमिकता दिएको हुन सक्छ भने अर्को विषयको पाठ्यक्रमले विषयवस्तुलाई भन्दा शिक्षण विधिलाई बढी महत्त्व दिएको हुन सक्छ। प्रिन्ट (Print) ले समग्र पाठ्यक्रम फरक र अन्तर्सम्बन्धित अंशहरूलाई नै पाठ्यक्रमका तत्त्वहरू रूपमा उल्लेख गरेका छन् । जसअन्तर्गत उद्देश्य, विषयवस्तु, सिकाइ अनुभव र मूल्याङ्कनजस्ता चारवटा तत्त्वहरू समावेश हुन्छन् । यसरी विषय केन्द्रित, सिकारु केन्द्रित र समस्या केन्द्रित कुनै पनि किसिमको पाठ्यक्रमका उद्देश्य, विषयवस्तु, सिलाई अनुभव र मूल्याङ्कन जस्ता चारवटा तत्त्वहरूको संलग्नता रहन्छ। त्यसैले सबै प्रकारका पाठ्यक्रममा रहने य...

2.2 Implications of Behaviorist, Cognitive and Constructive theory in Curriculum Development

सिकाइ सिद्धान्तहरुले पाठ्यक्रमको विकासमा उच्च मात्रमा प्रभाव पार्दछन् । सिकाइ सिद्धान्तले विशेषत॥ सिकाइ के हो ? सिकाइ कसरी हुन्छ ? सिकाइमा के कस्ता तत्त्वहरुले प्रभाव पार्दछन् ? सिकाइलाई सुनिश्चित गर्न पाठ्यक्रमलाई कसरी सङ्गठन गर्नुपर्छ ? परिवार र विद्यालयको संस्कृतिले सिकाइमा के कस्तो प्रभाव पार्दछ? सिकाइमा उत्प्रेरणाको भूमिका कस्तो रहन्छ ? पुनर्वलले सिकारुमा अपेक्षित व्यवहार निर्माण गर्न के कस्तो सघाउ पुर्याउँछ ? आदि प्रश्नहरुको जवाफ खोज्दै सिकारुको लागि एउटा सान्दर्भिक पाठ्यक्रम निर्माण गर्ने आधार प्रदान गर्दछन् । यसरी सिकाइ सिद्धान्तले पाठ्यक्रम विकासमा मात्र सहयोग नगरी पाठ्यक्रम निर्माण पश्चात प्रभावकारी रुपमा कार्यन्वयन गर्न पनि मद्दत गर्दछ । यी विविध कारणहरुले गर्दा सिकाइका सिद्धान्तले पठ्यक्रमको निर्माणमा महत्वपुर्ण प्रभाव पार्दछन् । 2.2.1   Influences of Behaviorist Learning Theory व्यवहारवादी सिकाइ सिद्धान्तले मानिसलाई विशिष्ट उद्दीपक (Stimuli) हरु प्रति जनाएका प्रतिक्रिया ( Responses )हरुको संयोजनको रुपमा व्याख्या गर्दछ । सिकारुले उसको वातातरणसँग अन्तरक्रिया ग्दा...